arrow

बाँकेको राप्तीसोनारीमा पाटे बाघको छाला र हड्डीसहित नवराज घर्ती मगर पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असार २० शनिबार
tiger-skin.jpg

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ बाट पाटे बाघको छाला र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नम्बर ५ को ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको कुसुमबाट खटिएको प्रहरी टोलीले राप्तीसोनारी १ सिमलघारीका ४६ बर्षीय नवराज घर्ती मगरलाई शनिवार दिउँसो ४ बजे पक्राउ गरेको हो।

बिशेष सुचनाका आधारमा गएको प्रहरी टोलीले घर्ती मगरले आफ्नो मकैबारीमा पाटे बाघको छाला,र हड्डी लुकाएको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेका घर्ती मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ