arrow

जीपी फाउण्डेशन पर्साबाट पत्रकार कन्हैयालाल केशरी र निलिमा पौडेल पुरस्कृत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २० शनिबार
gp-foundation-parsa-journal.jpg

वीरगंज। गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्व सभापतिको ९६ औंं जन्मोत्सवको अवसरमा दुई जना पत्रकारलाई जनही सम्मान सहित नगद २१ हजारबाट पुरस्कृत गरेको छ। 

नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार कन्हैयालाल केसरी र सञ्चार क्षेत्रमा उदीयमान युवा पत्रकार निलिमा पौडेललाई पुरस्कृत गरिएको हो ।

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारिताको माध्यमबाट नेपालमा गण्तन्त्रका लागि कलम चलाएर विशेष योगदान दिएका पत्रकारद्वयलाई सम्मान गरिएको हो ।

जीपी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले यस वर्षबाट पत्रकार सम्मान कार्यक्रम सुरु गरेको बताए । गणतन्त्र नेपालको परिवेशमा सञ्चार क्षेत्रको ठुलो योगदान रहेको अध्यक्ष सहाबुदिनको बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले नेपालको राजनीतिक परिवर्तनमा गिरिजा प्रसाद कोईरालाले पुर्‍याएको योगदान चर्चा गरे ।

प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले अहिले प्रदेश २ सरकारका मन्त्रीहरूले जनताको भावना भन्दा पनि आफ्नो कार्यकर्ता पाल्ने बजेट ल्याएको आरोप लगाए ।

र्कायक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान,पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मी, प्रेस संगठन पर्साका सयोजक नीरज पिठाकोटे मगर, प्राध्यापक हरेराम ठाकुर, प्राध्यापक रुदल ठाकुर, नेपाली कांग्रेसका नेता रामरुप कुर्मी, फाउण्डेशनका सचिव धिरज कुमार गुप्ता, सहसचिव मिंंटुदेवि सिह, कोषाध्यक्ष मनोहर साह, ईकाई कमिटिका अध्यक्ष संदिप कुमार केवट लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ