arrow

भारतको एक निर्णयले मात्रै चीनको अर्थतन्त्रमा ६ अर्ब डलरभन्दा बढीको धक्का

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २० शनिबार
tiktok.jpg

काठमाडौं। भारतले गरेको एक निर्णयले मात्रै चीनको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने भएको छ। लद्दाखमा चिनियाँ सैनिकसँग भएको झडप पछि भारतले चीनलाई आर्थिक क्षेत्रबाट धक्का दिन सुरु गरेको हो। भारतले टिकटक, सेयरइट लगायतका निकै चर्चीत ५९ मोबाइल एपहरुमाथि प्रतिबन्ध लगाएको छ। यी एपहरुले विश्व वजारको झण्डै ३० प्रतिशत व्यापार भारतमा गरिरहेका थिए।

प्रतिबन्धीत एपमध्ये टिकटकले सबैभन्दा ठूलो घाटा व्यहोर्ने भएको छ। टिकटक संचालन गर्ने कम्पनी बाइटडान्सले भारतको प्रतिबन्धले आफ्नो व्यापारमा ६ अर्ब डलर भन्दा बढीको घाटा लाग्ने चिनियाँ सञ्चारमाध्यम क्याइछिंग ग्लोबलाई बताएको छ।

बाइटडान्स कम्पनीका टिकटकलगायत ३ मोबाइल एप भारतमा प्रतिबन्धमा परेको छ। ३ मोबाइल एपले मात्रै माथि उल्लेखित घाटा व्यहोर्ने देखिएको छ भने अन्य ५६ एपहरुसमेतलाई जोड्दा यसले चिनियाँ कमाईमा ठूलो धक्का लाग्ने देखिएको हो। भारतमा अहिले एप्पल स्टोर र प्ले स्टोरबाट ५९ वटा चिनियाँ एपहरु हटाइएका छन्। ती एपहरु चीनका ठूला टेक्नोलोजी कम्पनी टेन्सेन्ट, विच्याट र अलिबाबा ग्रुपका समेत रहेका छन्।

भारतमा टिकटक ६० करोडभन्दा बढी पटक डाउनलोड भएको थियो, जुन कुल विश्वभर डाउनलोडको ३० प्रतिशत हो। सेयरइट पनि निकै बढी मात्रामा डाउनलोड भएको थियो। चीनका लागि मात्रै नभएर विश्वकै लागि भारत ठूलो व्यापारीक केन्द्र हो। भारतसँग चीनले टक्कर लिन खोज्दा ठूलो आर्थिक जोखिमको भार चीनले उठाउनु पर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ