arrow
ADVERTISEMENT

पुनःनिर्माणको पञ्च वर्षीय योजना सार्वजनिक, अन्तर्राष्ट्रिय समुदायलाई आजै भनिन्छ : ओली

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
oli-new.jpg.jpeg

काठमाडौं । सरकारले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनःनिर्माणको लागि पाँच वर्षे योजना सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदमा विहीबार विशेष समय लिएर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पाँच वर्षे खाका सार्वजनिक गरेका हुन् ।

भूकम्पछिको विस्तृत अध्यययन प्रतिवेदन (पीडीएनए) ले ६ सय ८९ अर्ब रूपैयाँ तोकेको पुनःनिर्माणको लागि सरकारले प्रस्तुत गरेको खाकामा केही रकम बढाएर आठ सय ३८ अर्बको वित्तीय आवश्यकता पर्ने अनुमान गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । ओलीले पाँच वर्षे योजनाको प्रतिवेदनमा २० वटा क्षेत्रगत र विषयगत खाका रहेको सुनाए । यद्यपि, प्रधानमन्त्री ओलीले भूकम्पछिको विस्तृत अध्यययन प्रतिवेदन (पीडीएनए) को सट्टामा कार्ययोजना आएको होइन–भने ।

 

सरकारले तयार पारेको पाँच वर्षे सो योजनालाई मन्त्रिपरिषद्ले समेत स्वीकृत गरिसकेको छ । यसरी पीडीएनए रिपोर्टले तोकेको भन्दा बढी रकम सरकारको योजनामा पर्नुमा पीडीएनए रिपोर्ट सार्वजनिक भएपछि सरकारले गरेको भूकम्पपीडितहरूको घर पहिचानको क्रममा भूकम्पपीडितको संख्या थप हुनु पनि मुख्य कारण रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

उनले सरकारको योजना अनुसार निजी आवासमा ६ खर्ब ४५ अर्ब लाग्ने अनुमान गरिएको बताए । यो खाका आर्ज नेपालस्थित अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने समेत प्रधानमन्त्री ओलीले जानकारी गराए । यस्तै, आगामी नीति तथा कार्यक्रममा
सामाजिक क्षेत्रमा ७ अर्ब, उत्पादन क्षेत्रमा १ खर्ब ६ अर्ब र पूवार्धार क्षेत्रमा ६१ अर्ब आवश्यक पर्ने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ