arrow

नारायण नगरपालिकाका सात जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखियो, सेवाग्राही मर्कामा

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७७ असार २१ आइतबार
narayan-nagarpalika-dailekh.jpg

दैलेख। दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण वढदै गएपछि कार्यालयको कामकाज हुन सकेको छैन । असारको अन्तिम समयमा आउदा नारायण नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुमा कोरोना देखिएपछि कार्यालयमा सर्वसाधारणहरुले कार्यालयबाट हुने कामबाट वन्चित भएका छन् ।

आइतवार मात्र थप पाँच जना नारायण नगरपालिकाका कर्मचारीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । शुक्रबार केहि जनप्रतिनिधि र कर्मचारीहरुको स्वाव संकलन गरिएकोमा थप पाँच जना संक्रमित देखिएका हुन् । बाँकी कर्मचारी र जनप्रतिनिधिहरुलाई आज स्वाव संकलन गर्ने तयारी भईरहेको नगर प्रमुख रत्न वहादुर खड्काले जानकारी दिए। यस कार्यालयमा सात जना संक्रमित देखिइसकेका छन्। असार मसान्तको समयमा उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारण, स्वाव संकलन नभएका कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कार्यालयमा जान दिईएको छैन ।

कार्यालयबाट हुने कामहरुका लागि नगरपालिका अगाडि राखिएको टेवुलमा फाईलहरु जम्मा गर्ने र उक्त फाईलहरु दोश्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि वढाईने ब्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले जानकारी गराए।

नारायण नगरपालिकामा हालसम्म जम्मा २३५ जना सक्रमित देखिएका मध्ये २२३ जना डिस्चार्ज भएर घर गईसकेका छन् । दैलेख जिल्लामा आइतवारसम्म ७८१ जना कोरोना संक्रमित देखिएका छन भने ७०३ जना डिस्चार्ज भएर घर गईसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ