arrow

प्रविधिमा चीनलाई टक्कर दिने भारतको प्रयास, सोसल मिडिया एप बनाउनेलाई २० लाख दिने

logo
प्रकाशित २०७७ असार २१ आइतबार
app-innovation-india.jpg

काठमाडौं। भारतले ५९ चिनियाँ एप प्रतिबन्ध गरेको एक साता नबित्दै ‘आत्मनिर्भर भारत एप इन्नोभेसन च्यालेन्ज’ कार्यक्रम ल्याएको छ। डिजिटल प्रविधिमा आत्मनिर्भर बन्ने योजनाका साथ प्रधानमन्त्री मोदीले यस्तो कार्यक्रम ल्याएका हुन्।

भारतका प्रविधिमन्त्री रविशंकर प्रसादले प्रधानमन्त्री मोदीले भारतका डेभलोपरहरुलाई प्रोत्साहित गर्न नयाँ कार्यक्रम ल्याएको बताएका छन्। यो कार्यक्रम अन्तर्गत, कार्यालय सहयोगी, सामाजिक सञ्जाल, अनलाईन पढाइ, मनोरञ्जन, स्वास्थ्य, व्यापार, समाचार र गेम अन्तर्गतका मोबाइल एप पर्छन्। यस्ता एपहरु बनाउने कम्पनीलाई २० लाख भारतीय रुपैयाँ दिइनेछ।

प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, ‘आज प्रविधि तथा स्टार्टअप समुदाका लागि विश्वस्तरीय मेड ईन इण्डिया एप तयार पार्ने दिशामा निकै उत्साहजनक अवस्था तयार भएको छ। आइटी मन्त्रालय र अटल इन्नोभेसनबाट आत्मनिर्भर भारत एप इन्नोभेसन च्यालेञ्ज सार्वजनिक भएको छ।’

भारतमा टिकटक सेयरइट जस्ता निकै चर्चित ५९ चिनीयाँ एपमाथि प्रतिबन्ध लगाइएको छ। अब त्यस्ता भारतीय एपहरुले नै राष्ट्रिय र अन्तराष्ट्रिय बजार पाउने छन्। यसले भारतलाई ठूलो फाइदा हुनेछ भने चिनियाँ कम्पनीहरुको व्यापारमा कमी आउने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ