arrow

कोभिड–१९ : अर्को एक औषधिको परिक्षण रोक्न निर्देशन

logo
प्रकाशित २०७७ असार २१ आइतबार
world-health-organization-who.jpg

जेनेभा । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ संक्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ ।

कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ संक्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ संक्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड–१९ का विरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमुलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ । 

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ । विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ