arrow

अर्जुन वा कर्ण बन्न चाहन्थे मुकेश खन्ना, आएको थियो दुर्योधन बन्ने प्रस्ताव

logo
प्रकाशित २०७७ असार २१ आइतबार
mukesh-khanna.jpg

काठमाडौं । सन् १९८८ मा भारतमा पौराणिक शो महाभारतमा भीष्म पितामहको भूमिका मुकेश खन्नाले गरेका थिए । उनी अहिले ६२ वर्षको भएका छन् । उनी महाभारत खेल्दा केवल ३० वर्षका थिए । तर, यो धाराबाहिकमा उनलाई शुरुमा भीष्मको भूमिका निर्वाहको अफ भने गरिएको थिएन ।

कास्टिङ निर्देशक गूफी पेन्टलले मुकेशको राम्रो उचाइको कारण दुर्योधनको भूमिकामा फिट हुने गरी प्रस्ताव गरेका थिए । तर, मुकेशले यो प्रस्ताव अस्वीकार गरेका थिए । उनी नकारात्मक भूमिकामा अभिनय गर्न चाहँदैन थे । पछि उनलाई द्रोणाचार्यको लागि अफर गरिएको थियो । उनले द्रोणाचार्यको लुकमा अडिशन दिएका थिए । तर, उनको रुचि अर्जुन वा कर्णको भूमिका निर्वाह गर्नु थियो ।

बीआर चोपडाले मुकेशलाई द्रोणाचार्यको भूमिकामा लिएको भए पनि पछि मनमा बदलाव आएको थियो । उनले मुकेशलाई एकपटक भीष्मको रुपमा हेर्न चाहेका थिए । भीष्म बनेर आएपछि भने उनको परीक्षण गर्दा उनको भूमिका भीष्मको लागि उचित रहने उनले ठहर गरेका थिए ।

मुकेश खन्नाले मुम्बईमा सेन्ट जेभियर कलेजबाट अध्ययन गरेका थिए । उनी प्लास्टिक इन्जिनियर बन्न चाहन्थे । तर, उनले एलएलबीमा भर्ना गरेका थिए । उनका भाइले उनलाई फिल्मी क्षेत्रमा ल्याएको बताइने गरेको छ ।

मुकेशले एक अन्तर्वार्तामा ८० को दशकमा उनले साइन गरेका १०–१५ फिल्म बक्सअफिसमा फ्लप भएका थिए । उनी पछिल्लोपटक सन् २०१६ मा वारिसमा देखिएका थिए । २०१८ को फेब्रुअरीमा मुकेशले कार्यकाल पूरा हुनुभन्दा २ महीना अघि नै चिल्ड्रेन फिल्म सोसाइटी अफ इन्डियाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ