arrow

राष्ट्र गुणस्तरीय शिक्षाको पक्षमा छैन : निरौला

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
niraula-g.jpg.jpeg

रोल्पा । नेपाल शिक्षक संघ केन्द्रीय कार्य समिति अध्यक्ष तथा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले राष्ट्र गुणस्तरीय शिक्षाको पक्षमा नभएको बताएका छन् । नेपाल शिक्षक संघ रोल्पाले गरेको गुणस्तरीय शिक्षा र शिक्षाको उन्नयनमा सरोरकारवालाहरुको भूमिका विषयक अन्र्तक्रियामा निरौलाले यसो भनेका हुन् ।  

गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक छान्ने गुुणस्तरीय नीति हुनु पर्नेमा यसो हुन नसकेको निरौलाको भनाई छ । राज्यले शिक्षकलाई कुनैपनि सुविधा नदिएको बताउदै शिक्षा सुधारका लागि वर्षेनी अर्बौं लगानी हुन्छ तर यस अनुसार काम भइरहेको छैन– निरौलाले भनेका छन् । उनले भने, ‘शिक्षकहरुको पेशागत आन्दोलनको सुरक्षित अवतरण गराउन नियमित छलफल र बहस भइरहेको छ ।’

सन्तुष्ट शिक्षक युगानुकुल शिक्षा लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रविबद्धता भन्ने मूल नारा रहेको कार्यक्रममा कांग्रेस सांसद अमरसिंह पुनले आजको वैज्ञानिक युगमा घोकन्ते पढाई जीवनोयपोगी हुन सक्दैन भन्दै आजका बालबालिकालाई युगानुकुल शिक्षा दिनुपर्नेमा जोड दिए ।  
नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष किशोरदत्त बरालले शिक्षाको गुणस्तरको कुनै किसिमको मापन नभएको हुँदा यसले समाजमा अन्यौलता ल्याएको बताए । उनले भने, ‘असल मान्छे बनाउन सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो तर हामी परम्परागत रुपमा हिडिरहदा शैक्षिक गतिविधि अल्मलिरहेको छ ।’

कार्यक्रममा नेपाल शिक्षक संघ केन्द्रीय कार्य समितिका ज्ञानेन्द्र रावल, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य नरेन्द्र केसी, निमित्त जिल्ला शिक्षा अधिकारी किशोरचन्द्र पोख्रेल, नेपाली कांग्रेसका प्रतिनिधि खटकबहादुर खत्री, एनेकपा माओबादीका अध्यक्ष सुरेन्द्र थापाघर्ती, राजमोका प्रतिनिधि केवी थापा, अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि भूपबहादुर के.सी, गैसस महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाँठामगर र प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष विनोद आचार्य लगायतका वक्ताले बोलका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ