arrow

लिभरपुलको सहज जित, म्यान्चेस्टर सिटी गुल्टियो

logo
प्रकाशित २०७७ असार २२ सोमबार
liverpool37.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि जितेर च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकाल्दा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले भने पराजयको मुख देख्नु परेको छ । 

घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । जोन्सले शनिबार मात्रै क्लबसँग नयाँ सम्झौता गरेका थिए ।

अर्को खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसंग हार भोगेको छ । सिटी १–० गोलले हार्यो । चे एडम्सले १६ मिनेटमै गोल गरेका थिए । सिटीले भने सुरुआतदेखि नै फितलो प्रदर्शन गर्यो ।

अन्य खेलमा न्युकासल युनाइटेड र वेष्टह्यामले २–२ को तथा बर्नलेले शेफिल्डसंग १–१ गोलको बराबरी खेल्यो । 

अंक तालिकामा ३३ औं चरण सकिँदा लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यसअघि नै जितिसकेको छ ।

यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

दोस्रो स्थानको सिटीको ३३ खेलमा ६६ अंक रहेको छ । सिटीको तेस्रो स्थानको लेस्टर सिटीको भन्दा ८ अंकको अन्तर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ