arrow

एक सय छ वर्षे वृद्धले जिते कोरोना भाइरस, रेकर्ड कसको नाममा ? 

logo
प्रकाशित २०७७ असार २२ सोमबार
corona-test.jpg

काठमाडौं । कोरोना भाइरसले कसलाई मार्छ र कसलाई बचाउँछ ठेगान छैन । अहिलेसम्म १ करोड १५ लाख ५५ हजार भन्दा बढी संक्रमित हुँदा ६५ लाख ३४ हजार ४३५ जनालाई निको भएको छ । 

५ लाख ३६ हजार ७१९ जनाको ज्यान गएको छ । यसले वृद्धवृद्धा तथा स्वासप्रश्वासको समस्या भएकालाई आक्रमण गर्ने दावी भइरहँदा बढी उमेरका वृद्धवृद्धाले पनि कोरोना जितेका रेकर्ड बाहिर आएका छन् । 

भारतको दिल्लीमा एक १०६ वर्षे वृद्धले कोरोना जितेका छन् । उनीे सन् १०१८ मा विश्वभर फैलिएको स्पेनिश फ्लुका साक्षी पनि हुन् । 

कोरोनाभन्दा पनि खतरनाक स्पेनिश फ्लुले ५ करोड मानिसको ज्यान लिएको थियो । त्यो फ्लु जित्दा ४ वर्षका बालक रहेका उनले यसपटक कोरोना पनि जिते । 

उनका छोरालाई पनि कोरोना भएको थियो । छोराभन्दा पहिले उनलाई निको भएको थियो । 

सबैभन्दा बढी उमेरको रेकर्ड भने स्पेनकी ११३ वर्षकी महिलाले राखेकी छिन् । उनी सबैभन्दा बढी उमेरकी भएर पनि कोरोना संक्रमणबाट निको भएको रेकर्ड राखेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ