arrow

एउटै विद्यालय उठाउँछ ३० लाख भाडा, लकडाउनले डेढ महिनाको छुट 

logo
प्रकाशित २०७७ असार २२ सोमबार
lockdown-ktm1.jpg

चितवन । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा रु ३० लाख छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा रु २० लाख उठ्ने गर्दछ । 

एक महिना १५ दिनको भाडा छुट गरिएको हो । सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक रु ५० लाख भाडा तिर्ने गर्दछ । 

त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ । 

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक रु तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उनको भनाइ छ ।

विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए । 

उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ । 

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ । यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ