arrow

जवान रहने रहस्य पत्ता लगाए वैज्ञानिकले

logo
प्रकाशित २०७७ असार २२ सोमबार
man-woman.jpg

काठमाडौं । वैज्ञानिकहरुले जवान रहने रहस्य पत्ता लगाएका छन् । उनीहरुले मानिसको जवान रहने रहस्य हड्डीमा हुने पनि पत्ता लगाएका छन् । 

कोलम्बिया विश्वविद्यालयका जेनेटिक्स विभागका प्रमुख प्रोफेसर गेर्रार्ड कारसेन्टीले उक्त रहस्य पत्ता लगाएका हुन् । उनले ३० वर्षदेखि हड्डीमा लुकेको रहस्य पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् । 

उनले हड्डीबाट पैदा हुने हर्मोन ‘अस्टियोकेल्सिन’ माथि अनुसन्धान ग।िरहेका छन् । यसबाट पत्ता लगाइयो कि हड्डीले आफ्नोभित्र पुरानो टिस्यु हटाएर नयाँ टिस्यु लगाउने काम गर्दछ । यसले कद बढाउने काम गर्दछ । यसका लािग गेर्रार्डले मुसामा परीक्षण गरेका थिए । 

हड्डीभित्रको यो हर्मोनले शरीरभित्रको क्रियालाई प्रभावित पार्दछ । उनका अनुसार हड्डीको ढाँचामा हाम्रो शरीर सिर्फ खडा हुने हैन हड्डीको क्रियाले शरीरलाई नै प्रभाव पार्ट । 

यसले अर्को अंगलाई आफ्नो संकेत पठाउन मद्ध गर्छ । त्यस्तै यसले बृद्धपन रोक्ने र स्मरण शक्ति बढाउन मद्धत गर्दछ । 

कारसेन्टीले वृद्धपन आउन नदिन शरीरमा ‘अस्टियोकेल्सिन’ बढाउनुको विकल्प अरु केही छैन । नियमित कसरत गर्दा हड्डीले आफसेआफ अस्टियोकेल्सिन बढाउने काम गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ