arrow

बालिका करणीपछि हत्या गर्ने भारतीय मुख्य आरोपी पक्राऊ

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ असार २२ सोमबार
arrest-final.jpeg

जनकपुरधाम । धनुषामा ११ वर्षीया बालिका कञ्चनकुमारी पजियारलाई बलात्कार गरी हत्या गरिएको घटनाका भारतीय नागरिक मुख्य आरोपी पक्राउ परेका छन् । 

बालिकाको जबरजस्ती करणी गरेर हत्या गरेको अभियुक्त भारतको उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाई सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका  छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको थियो । गत १७ गते भैँसी चराउन गएको बेला आँपको बगैँचाबाट कञ्चन बेपत्ता बनेकी थिइन् ।

त्यसको दुई दिनपछि दुधमती नदी छेउमा कंचनको शव अर्धनग्न अवस्थामा फेला परेका थिए । प्रहरी अनुसन्धानबाट चौधरी एन्ड मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिनाअघि काम गर्न आएका दिपु  सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाएर बगैँचाको एकान्त कुनामा लगेर बलात्कार गरेको र लगत्तै हत्या गरेको प्रहरीले संचारकर्मीलाई जानकारी दिए । 

हत्यापछि दिपुले शवलाई सोही ठाउँमा लुकाएर भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमती नदी नजिकको झाडीमा फालेका थिए । दिपु सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ