arrow

बाहुबली अभिनेत्री तमन्ना आफ्नो शरीरका अंगबारे के भन्छिन् ?

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
l_fitness-mantra-of-tamannah-bhatia-573426d636e02_l.jpg.jpeg
एजेन्सी । बाहुबली चलचित्रमा दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियाको सुन्दरता हेरेर दर्शकहरु दंग पर्दछन् । तपाईलाई आश्चर्य लाग्न सक्छ उनी आफ्नो अनुहार भन्दा शरीरको अन्य कुनै अंगको बढी रेखदेख गर्दछिन् । 
 
फिटनेस मन्त्रासाइज जीरो भएकी तमन्नाको फिटनेस फिलोसफि छैन 
शक्तिवर्द्धक, आकर्षक, चुस्त र स्वस्थ महसूस गर्नको लागि म अभ्यास गर्छु । त्यहा कुनै छोटो सुत्र छैन। शरीरको दुखाइसँग घुलमिल छु । तपाईले राम्रो अभ्यास  गर्नुपर्छ । तर सधै आफ्नो शरीरलाई बुझेर अभ्यास गर्नुहोस् । 
 
फिटनेस रेजिमन 
मेरो जीवन अनियमित छ । जब मौका मिल्छ । तब अभ्यास गर्छु । दिनमा कम्तिमा एक घण्टा अभ्यास गर्दछु । योगा, पिलेट्स, क्रास-फिट र वेट ट्रेनिंग मेरा मुख्य अभ्यास हुन् ।
 
 शरीरको कुन अंगलाई बढी सक्रिय गराउन मन पर्छ ?
म शरीरको अन्य सबै अंग भन्दा खुट्टालाई नै बढी सक्रिय बनाउछु । भनाइको अर्थ म बढी हिड्डुल गर्छु र अन्य अतिरिक्त अभ्यास गर‍्दा पनि खुट्टालाई बढी सक्रिय गराउछु । 
 
शरिरको कुन अंगलाई धेरै कष्ट दिन चाहाना हुदैन ?  
 शरीरको अन्य अंग भन्दा पाखुरालाई त्यति धेरै बल पुग्ने कार्य गरिदैन ।  
 
अभ्यास गर्दा कस्तो अनुभव हुन्छ ?
 तनावमुक्त हुन्छु । म अभ्यासको लागि नियमित जान सक्दिन तर एक पटक जब जुटछु तब राम्रो सँग गर्छु ।
 
अभ्यास नगर्दा के हुन्छ ?
सुस्ताएको अनुभव हुन्छ । एक इन्च हिड्न पनि भारी लाग्छ ।
 
कुन चलचित्रको लागि फिटनेस लेभल बदल्नु पर्‍यो ?
'बाहुबलीको लागि मैले वास्तवमा आफ्नो फिटनेस कोटालाई बढाएको थिए ।  चलचित्रको भूमिका अनुसार यो आवश्यक थियो ।
 
एक अभिनेत्रीलाई फिटनेसको महत्व 
कुनै दोस्रो प्रोफेशनभन्दा हाम्रो पेशामा सधै शारिरिक फिट हुन निकै आवश्यक छ ।
 
बलिउडमा  फिटेस्ट हीरो 
अक्षय कुमार
 
फिटेस्ट शरीर भएकि अभिनेत्री 
दीपिका पादुकोण
 
फिटनेस र हेल्थ बिचको सम्बन्ध 
फिटनेस नै स्वस्थ जीवनको चाबी हो ।
 
अभ्यास पाटर्नर 
 संगीत ।
 
आहारविहार 
हरेक दुई घण्टामा केही न केही खान्छु । मेरो डाइट निकै सन्तुलित छ र अरुको तुलनामा म भिन्न तरिकाले खानपान गर्छु । वास्तवमा , मलाई यो डाइट निकै राम्रो लाग्छ ।  कहीले काही केही खान मन लागे डाइटमा चीटिंग पनि गर्छु ।
 
 सिक्स  पेक र साइज जीरोको ट्रेन्ड 
सबैलाई आफ्नो लागि सही मानिस  चुन्ने अधिकार छ । तर आफ्नो लागि म सिक्स पेक वा साइज जीरो बडीलाई सही मान्दिन । मलाई कर्वी हुन मन पर्छ । 
 
फिटनेसका शौखीनलाई सल्लाह 
अभ्यास सुरु गरेपछि  छोड्न मिल्दैन । यद्धपी अभ्यास समूचीत जीवनशैलीमा रूपान्तरणको मसला हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ