arrow

प्रदेश–५ मा आत्महत्याको डरलाग्दो डायरी

logo
नारायण वली,
प्रकाशित २०७७ असार २२ सोमबार
suicide.jpg

रुपन्देही । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनको अवधि भित्र प्रदेश नं.५ मा आत्महत्याको डरलाग्दो अवस्था प्रहरीको एक तथ्याङ्क देखाएको छ । प्रदेश–५ प्रदेश प्रहरी कार्यालय दाङले तयार पारेको उक्त तथ्याङ्कले देखाएको हो ।

तथ्याङ्कमा प्रदेशका विभिन्न जिल्लाहरुमा भएका घटनाहरु समेटिएको छ । गत चैतमा ६९ जना, वैशाखमा १ सय १७ जना र जेठमा १ सय २७ वटा आत्महत्याका घटनाहरु भएको उल्लेख छ । लकडाउन शुरु भए देखि गत जेठ मसान्त सम्म ३ सय १३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एंव प्रवक्ता राज कुमार वैदवारका अनुसार गरिवी, पारिवारिक कलह र मनोसामाजिक समस्या जस्ता आत्महत्या हुनुको मुख्य कारण उक्त घटनाको अनुसन्धान पछि खुल्न आउने गरेको जनाएका छन् । प्रवक्ता वैदवारले भने आत्महत्या किशोरावस्था देखि वृद्ध अवस्था सम्मका रहेको वताए । 

प्रहरीले तयार वनाएको तथ्याङ्कमा आत्महत्या गर्नेहरुको संख्या सवैभन्दा धेरै किसानहरु रहेको वताईएको छ । लकडाउने निम्त्याएको समस्याले गरिवीमा चरम अभाव सिर्जना उत्पन्न भएपछि झण्डै ३ महिनाको अवधि भित्र १ सय ४४ जना किसानहरुले आत्महत्या गरेको पाईएको छ । जसमध्ये चैतमा ३९, वैशाखमा ४४ र जेठमा ६१ जना रहेका छन् ।

त्यस्तै मजदुर ४३, विद्यार्थी २९, महिला ४३ जना र वैदेशिक रोजगार बाट स्वेदश आएका ६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा जनाईएको छ । तीन महिनामा १६ देखि २५ वर्ष उमेर समूहका ९१, २६ देखि ३५ वर्ष उमेर समूहका ८९, ३६ देखि ४५ वर्ष उमेर समूहका ५२, ४६ देखि ६० वर्ष उमेर समूहका २८, र उमेर नखुलेको १ जना छन् ।

यसरी आत्महत्याको संख्या वढ्दै जानुको कारण सरकारको गैरजिम्मेवारीपन भएको नागरिक सरोकार मञ्च रुपन्देहीले जनाएको छ । मञ्चले कोरोना भाईरसले उत्पन्न गराएको चरम संकट अवस्था पनि सरकारले राज्य सत्ताको वचाउ र राजनितिक अस्थितरता उब्जाएर नागरिक प्रति ध्यान नदिएकाले अहिले अभाव व्यहोर्न नसकेका कारण दिन दहाडै आत्महत्याका घटना वृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ