arrow

नेकपा संकटमा हुँदा ओली निकट विद्यार्थी खुसियालीमा, मध्यरातमा डान्स पाटी

logo
प्रकाशित २०७७ असार २२ सोमबार
akhil-cader-nekapa.jpg

काठमाडौं। सत्तारुढ नेकपाभित्र संकट गहिरिएकै बीचमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट केहि व्यक्तिहरुले नेकपा एमाले दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिए। यो विषय नेकपाको जारी स्थायी समिति वैठकमा समेत उठ्यो। 

तत्कालिन नेकपा एमालेका कतिपय नेताले यदि नेकपा फुटिहाले नेकपा एमालेलाई आफ्नो पार्टी बनाउन केपी ओलीको निर्देशनमा दल दर्ता गरेको बताए। यसले नेकपाका पूर्व एमाले र पूर्व माओवादीमा पनि हलचल नै भएको छ। 

पूर्व एमालेका विद्यार्थी र यूवाहरु यहि बीचमा सडकमा उत्रिएर ओली इतरका नेताहरुको बिरोध पनि गरे। दिनभर बिरोधमा उत्रिएका यूवा विद्यार्थीहरु पार्टी नै फुटिहाले पुरानै एमालेमा जान पाइने भन्दै रमाएका दृश्य पनि देखिए। अखिलकै कार्यकर्ताहरुले खिचेको भिडियो हाम्राकुरालाई प्राप्त भएको छ। 

अखिलका केन्द्रीय सदस्यहरु उमेश आचार्य, नरेश रोकाया, विरेन्द्र रावल, घनश्याम पुन, सुदिप कार्की, सीटीईभीटी अध्यक्ष उमेश थापा लगायत यूवाहरु आइतवार मध्यरातमा 'मै पनि एमाले सहि पनि एमाले' भन्दै नाचेका थिए। दुई पार्टी मिलेर नेकपा बनिसक्दा पनि नेकपा यूवा विद्यार्थीहरुको एमाले मोह अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ