arrow

आफ्नै अधिकृत र लेखापाल बिरुद्ध अध्यक्षले दिए उजुरी

रक्सी खान पनि पालिकाको अर्डर स्लिपको प्रयोग

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ असार २२ सोमबार
soru-village-municipal.jpg

मुगु। सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम अनियमिता भएको भन्दै पालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल बिरुद्ध प्रशासनमा उजुरी दिएका छन् । 

कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका प्रमुख शाहीले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन् ।

कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा गठन भएको स्थानीयतह प्रकोप व्यस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायाँनाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख लगायत र अन्य निकायको सहयोग सहित १ करोड भन्दा बढी रकम जम्मा भएको र अरु रकम बिभिन्न शिर्षकमा खर्च भएपनि कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकिय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको प्रमुख शाहीको आरोप लगाएका छन् । 

आफुलाई कुनै जानकारी नै नदिई लेखापाल र प्रमुख प्रशासकिय अधिकृत बिच मिलेमतोमा कोषमा रहेको १९ लाख रकम गायब गरिएको अध्यक्ष शाहीले भने। दुवै जनासंग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनु पर्ने अवस्था आएको हो ।

कामै नभएको योजनाको उपाध्यक्षले भुक्तानी लिन खोजिन्

प्रमुख प्रशासकिय अधिकृत र लेखापालले सोरु गाँउपालिका वडा नं ८ तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरि उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरि प्रशासनमा पेश गरेको प्रमुख शाहीले जानकारी गराएका छन् ।

उक्त सडक निर्माणका लागी गाँउपालिकाले आव २०७६-०७७ मा १५ लाख बजेट बिनियोजन गरेको थियो । उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकम अनुसारको काम नै नगरि बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरेको प्रमुखले भने ।

रक्सी खान पनि पालिकाको अर्डर स्लिपको प्रयोग

सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धान्य बुढाले रक्सीका क्वाटर,मासु खान समेत पालिकाको अर्डर सिलिप प्रयोग गर्ने गरेको पाईएको छ  ।

प्राप्त अर्डर स्लिपमा पालिकाको छाप र प्रमुख प्रशासकिय अधिकृत बुढाको दस्तखत रहेको छ । अधिकृत बुढाले रक्सी खान अर्डर स्लिप प्रयोग गरेको प्रष्ट देखिन्छ । अर्डर स्लिपमा बुढाले २५ वटा रक्सीका क्वाटर,१ दर्जन चम्चा,३ वटा कचौरा र १ वटा मासुको लहरा(सुकुटी) अर्डर गरेका छन ।

भ्रमण भत्ता पनि मनोमानी लिएको आरोप

प्रमुख प्रशासकिय अधिकृत बुढाले अध्यक्ष शाहीको आदेश स्विकृत बिना भ्रमण आदेश एक पटक ६० हजार र अर्को पटक ७० हजार रकम लिइएको पाइएको छ । बुढाले लिएको भ्रमण भत्ता वापतको उक्त रकम पनि नियम बिपरित रहेको अध्यक्ष शाही बताए ।

प्रशासनमा सोरुका दर्जनौ उजुरी,सुनुवाई शुन्य

सोरु गाउँपालिकामा भएका अनियमिता सम्वन्धि आधा दर्जन उजुरी प्रशासन कार्यालयमा दर्ता भएपनि अहिले सम्म कुनै कारवाही प्रकृया अघि नबढ्दा गल्ती गर्ने व्यक्ति,समुहको मनोबल बढेको बुझिएको छ ।

कोरोना राहतको १९ लाख रकम कुनै अनियमित नभएको बजेट नपुग्दा वडा कार्यालयबाट माग गरिएको बील अनुसार भुक्तानी दिनै बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत बुढाले बताए ।

गिलाह–तारापानी सडकको अघिल्लो बर्षकै भुक्तानी दिन बाँकी रहेको हुदा चेक तयार गरिएको र उक्त चेक प्रमुखले थुतेर लिएको उनले भने  ।

प्रमुख प्रशासकिय अधिकृत र लेखापाल बिरुद्ध पालिका प्रमुखले दिएको उजुरी माथि छानविन प्रकृया अघि बढाउने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ