arrow

आईपीएल क्रिकेट: दिल्लीले हैदरावादलाई हरायो, पहिलो स्थानमा हैदरावाद

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
IPL_Delhi_haidrabad.jpg.jpeg
 
काठमाडौं। दिल्ली डेयरडेविल्सले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ। यो खेल हारेतापनि हैदरावाद अंक तालिकाको पहिलो स्थानमा रहेको छ। ११ खेलमा १४ अंकका साथ हैदरावाद पहिलो स्थानमा रहेको छ भने बराबरी खेल र अंक रहेको गुजरात दोस्रो स्थानमा रहेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४६ रन बनाएको थियो। हैदरावादका कप्तान डेविड वार्नरले ३० बलमा ४६ रन बनाएका थिए भने शिखर धवनले ३४ रनको योगदान गरेका थिए। 
 
पहिलो विकेटकालागि ८.५ ओभरमा ६७ रनको साझेदारी गरेको हैदरावाद १५ ओभरमा ११३ रन बानउँदै ३ विकेट मात्र गुामएको थियो। पछिल्लो क्रमका ब्याट्सम्यानले राम्रो रन बानउँन नसक्दा हैदरावाद थोरै रनमा खुम्चेको थियो। 
 
दिल्लीका कोल्टर नाईलर अमित मिश्राले २-२ विकेट लिएका थिए भने क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चिंदै १ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले १८.१ ओभरमा ३  विकेटको नोक्सानीमा १५० रन बानउँदै जित हासिल गरेको हो। ७८ रनमा तीन विकेट गुमाएको दिल्लीलाई युवा ब्याट्सम्यानद्वय सन्जु सामसन र रिसब पन्तले ७२* रनको साझेदारी गर्दै बिजयी बनाएका थिए। सन्जुले २६ बलमा ३४ रन बनाएका थिए भने पन्तले २६ बलमा ३९ रनको योगदान दिएका थिए। 
 
हैदरावादका मोईसेस हेन्रिक्सले २ विकेट लिएका थिए भने आशिष नेहराले १ विकेट हात पारेका थिए। नियमित राम्रो बलिङ गरिरहेका मुस्तफिजुर रहमान महंगो साबित भएका थिए। उनले ४ ओभरमा बिना विकेट ३९ रन दिएका थिए। क्रिस मोरिस प्लेयर अफ म्याच घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ