arrow

ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणमा भारतको सहयोग

logo
प्रकाशित २०७७ असार २२ सोमबार
illam-school.png

काठमाडौं। नेपाल–भारत मैत्री विकास सहकार्य कार्यत्रम अन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि भारतले नेरु ३१.१३ मिलियन सहयोग गरेको जनाएको छ। तत्कालिन ईलाम जिल्लाको बरबोटे गाउँ विकास समितिमा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन भारतीय राजदूतावासका प्रतिनिधिहरु तथा विद्यालय व्यवस्थापन समिति र वडाका प्रतिनिधिहरु बिच भिडियो कन्फरेन्स मार्फत सोमबार गरिएको बताइएको छ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो। ईलामसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवासीय सुविधा प्रदान गरेको जनाएको छ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् जसमा दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेका बताइएको छ। जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको हो।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने कार्यमा भारत सरकार जोडिन पाएकोमा भारतीयले दूतावास बिज्ञप्ति मार्फत खुशी व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ