arrow

कसरी महामारीले धनीलाई अझै धनी बनाउँछ ?

१९९८ पछि पहिलो पटक गरिबि चरम रुपमा बढ्ने विश्व बैंकको आंकलन

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७७ असार २२ सोमबार
corona-virus-pandemic.jpg

काठमाडौं। सन् १३४८ को जुनतिर इग्ल्याण्डका मानिसहरुमा रहस्यमय लक्षणहरु देखिन थाले। तीमध्ये टाउको दुख्ने, शरिर दुख्ने र वाकवाकी लाग्ने जस्ता लक्षण साामान्यदेखि गम्भिर रुपमा देखिन थाले।

काखी र टाउकोमा साना खटिराहरु देखिन थाले। पछि ती खटिराहरु ठूला हुँदै गए र मानिसमा उच्च ज्वरो आयो। यस्ता लक्षण देखिएको केहि समयमै मानिसले ज्यान गुमाउन थाले। पछि गएर यो रोगलाई बुबोनिक प्लेग नाम दिइयो।

मध्यएसियामा उत्पत्ति भएको प्लेग सिपाही र मरुभुमीमा यात्रा गर्नेहरुबाट धेरै धेरै फैलिदै गयो । मुसामा पाइने (उपिंया अथवा फिसो) एक किसिमको किरामा यो भाइरस ( येर्सिनिया पेस्टिस) हुने गर्थ्यो।

त्यतिबेलादेखिको उच्च व्यापारिक केन्द्र भुमध्यसागरका पानीजहाजबाट पछि यो भाइरस इटाली हुँदै पूरै युरोपभरी फैलिन पुगेको थियो। प्लेग माहामारीले यूरोप र पूर्वी युरोप क्षेत्रका देशहरुको कुल जनसंख्याको एक तिहाइ सखाप पारेको थियो । पछि आएर यो भयानक मृत्युको युगलाई ब्ल्याक डेथ अर्थात कालो मृत्यु नाम दिइयो।

यो महामारीले अर्थतन्त्रमा ठूलो विनाश ल्यायो । एकतिहाइ कार्यक्षेत्रहरु सकिए, बाली–नाली रोपिन छोड्यो र एसिया, युरोप र मध्यक्षेत्रका समुदाय नै अलग्गिन पुगे। युरोपमा त प्रत्येक दश गाँउमा एउटा गाँउ नै विलय भयो । पछि त्यो गाँउमा मान्छे नै रहेनन्। त्यहाँका घरहरु बंजरमा परिणत भए, कुनै ठाँउमा चर्चहरुमात्रै बाँकी रहे।

प्लेगको संक्रमण भएका ८० प्रतिशत मानिसले ज्यान गुमाएका थिए । बाँच्न सफल केही मानिसले आफ्नो समयकालको दर्दनाक अनुभव पछिका पुस्ताका लागि भनेर लेखेका थिए । त्यसका केहि अवशेषहरु युरासियनका भित्रि शहरहरुमा भेटिएका थिए।

जताततै संक्रमण फैलिए पनि विशेष गरेर निम्न वर्गीय र मध्य वर्गिय समुदायमा महामारी भयानक रुपमा फैलिएको थियो। यस क्रममा संक्रमणका डरले मृत्युको मुखमा रहेका आमाबुवालाई छोराछोरीले भेट्न पाउँदैनथे भने छोराछोरीलाई आमाबुवाले भेट्न पाउँदैनथे।

यद्यपि कोरोना भाइरस (कोभिड–१९)को मृत्युदर प्लेगको तुलनामा निकै कम छ तर विश्वको अर्थतन्त्रमा भने यो माहामारीले पनि ठूलो विनाश ल्याएको छ । विश्वव्यापी मोबिलाइजेसनका कारण कोभिड–१९ केहि महिनामा नै विश्वभर फैलिइसकेको छ।
ब्ल्याक डेथपछि किसान एवं मजदुरको कमि भएको थियो । जसका कारण अर्थतन्त्रमा दीर्घकालिन असरहरु परे तर ती असरहरु कतिसम्म घाटाका थिए भन्नेकुरा अस्पष्ट छ।

झण्डै एक तिहाई जनसंख्यामा कमी आएपछि त अर्थतन्त्र अथवा धनसम्पती सबैका लागि बाडिनुपर्ने हो ।  तर त्यसो भएन । पैंसा भएका मानिसहरुले घरभित्रै पैंसा राखे र गरिबि भयानक बढ्यो।

ब्ल्याक डेथले युरोपका ठूला उद्यमीहरुलाई अझैं धेरै धनी बनायो । सरकारसँग सम्झौतामा रहेका अझैं ठूला कम्पनीहरुले आफ्नो सम्पतीमा उल्लेख्य वृद्धि गरे । तर, साना कम्पनी र व्यवसायहरु भने सबै डुबे।

कोरोना भाइरसको महामारीले पनि अहिले विश्वका धेरै मुलुकहरुमा उस्तै स्थिती सिर्जना गरिदिएको छ । ठूला र सरकारको पहुँचसम्म पुगेका कम्पनीहरुले होमडेलभरी जस्ता प्रकृया अपनाएर ठूलो व्यापार गरेका छन् । साना कम्पनीहरु डुब्नबाट जोगाउन सरकारसँग हात जोडिरहेका छन्।

ब्ल्याक डेथपछि १४ औं र १५ औं शताब्दितिर युरोपमा अर्थतन्त्रमा ठूलो परिवर्तन आयो । युरोपमा सामन्तवादको पतन हुन थाल्यो, शहरमा मजदुरको कमी भएपछि किसानहरु शहर पसे र त्यहाँ मजदुरी गर्न थाले । त्यसोहुँदा उनीहरुले शहरमै बढी पैंसा खर्च गर्न पनि थाले।

पछि उद्यमीहरुले आफ्नो व्यवसाय भिन्नै तरिकाले बढाउँदै लगे । जस्तै की पहिला एसियाबाट आयात गरिने रेशम युरोपमा नै उत्पादन हुन थाल्यो।
त्यसपछि जमर्नीलगायतका देशहरुमा प्रविधिको विकास समेत हुँदै थयो । यसले युरोपलाई एक आत्मनिर्भर महादेशका रुपमा स्थापित गराइदियो।

कोभिड १९ को नाफा र घाटा 
कोरोना भाइरसको महामारीले प्रविधिको पहुँचमा रहेका र ठूला कम्पनीहरुलाई निकै नै अघि पुर्याएको छ। अमेजन, अलिबाबा जस्ता ठूला वहुराष्ट्रिय ईकमर्स कम्पनीहरुले हजारौंको संख्यामा नयाँ कामदारहरु राखिरहेका छन् र अर्बौको व्यापार बढाइरहेका छन्। इन्टरनेट अथवा डिजिटल कम्पनीहरु युट्युब, गुगल, जुमजस्ता कम्पनीहरुको कारोबार ह्वात्तै बढेको छ। 

नेपालकै सन्दर्भमा पनि केहि ईकमर्स कम्पनीहरु, अनलाइन पेमेन्ट कम्पनी, खाना डेलीभर गर्ने कम्पनीहरुले राम्रो व्यापार गरिरहेका छन् । सोही समयमा स–साना कम्पनीहरु भने डुबिसकेका छन्।

यस्तो अवस्थामा कुनै पनि देशका कम्पनीहरु वा देशले नै पूर्णरुपमा नयाँ स्वरुप फेर्ने स्थिती पनि रहन्छ । यदि त्यसो भयो भने प्रविधिको विकासले बेरोजगारी दरलाई अझैं बढाउँनेछ।

कोरोनापछि शहरमा विभिन्न नयाँ प्रविधिदेखि रोबोटिक्सको प्रयोग बढ्नेछ । कृषियोग्य क्षेत्रमा कृषिको सम्भावना अधिक हुनेछ । यसले औषतमा अर्थतन्त्रलाई नयाँ मोडमा ल्याउन सक्नेछ तर मध्यवर्गिय र निम्न वर्गिय समुदायमा भने स्थिती उकास्न निकै सकस हुनसक्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बेरोजगारीले पहाडि क्षेत्रमा र कम जमिन हुने मधेसी समुदायमा महामारीको प्रभाव पर्नेछ। 

विश्वभर करोडौं मानिसहरु बेरोजगार भएका छन्। साना व्यवसायहरु राजस्वमा कमि आउँछ फलस्वरुप अर्थतन्त्र जोखिममा पर्छ। हामीले सामान्य रुपमा अवलोकन गर्दा यी कुराहरु सामान्य लाग्ने गर्छन्। तर जब सामान्य आर्थिक अभावमा जीवन गुजारी रहेको ठाँउबाट हेर्ने हो भने यो कुरालाई स्पष्ट रुपमा निर्क्यौल गर्न सकिन्छ की गरिबी कुन हदसम्म बढ्न सक्छ भनेर।

सन् २०१६ मा विश्वकै १०० ठूला संस्थाहरुभित्र ३१ वटा देशहरु रहेका थिए, भने ६९ वटा कम्पनीहरु थिए । त्यतिबेला अमेरिकी रिटेल कम्पनी वालमार्टको आम्दानी पूरै स्पेनको भन्दा बढी थियो।

जापानको एक कार कम्पनीको नाफा भारतको भन्दा बढी थियो । सन् २०१७ मा मात्रै पनि वालमार्टको आम्दानी बेल्जियमको भन्दा बढी थियो। 
यसरी ठूला कम्पनीका मालिकहरुले विश्वको ठूला काराबार जस्तै तेल, कोइलालगायतका क्षेत्रलाई रेगुलेट गर्न सक्छन्। र राजनीतिज्ञहरुलाई समेत आफु अनुकुल पार्न सक्छन् । जसको धक्का निम्नवर्गीय मानिसहरुमा पर्न जान्छ।

माहामारी पछिको परिदृष्यमा हेर्ने हो भने ठूला, धनी कम्पनी एवं संस्थाहरुले चाहेअनुसार तिव्र रुपमा आर्थिक स्थिती सुधार्न सक्नेछन्। यसले उनीहरुलाई मात्र हैन देशकै आर्थिक स्थितीलाई सुधार्न त सक्छन् तर तल्लो समुदायलाई भने कुनै किसिमको फाइदा हुनसक्दैन्।

कोभिड–१९ अघि विश्व बैंकले विश्वको गरिबि दर ७ प्रतिशतमा झर्ने आंकलन गरेको थियो। तर, महामरीका कारण गरिबि ९ प्रतिशतभन्दा माथि हुने नयाँ प्रक्षेपण गरेको छ। सन् १९९८ पछि पहिलो पटक गरिबि चरम रुपमा बढ्ने विश्व बैंकको आंकलन छ।

त्यस्तै कोरोना भाइरसको महामारीको कारण अफ्रिकामा साढे २ करोड जनसंख्या गरिबिको रेखामा पर्ने विश्व बैंकको आंकलन रहेको छ। त्यस्तै नेपाल भारत अवस्थित दक्षिण एसियामा झण्डै डेढ करोड मानिस गरिबिको शिकार हुनेछन्। बीबीसीको सहयोगमा



नयाँ