arrow

सन्दीप लामिछानेले तेस्रो पटक सीपीएल क्रिकेट खेल्दै, तलावाजसंग महंगोमा अनुबन्धित 

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
sandeep-lami.jpg

काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् ।

सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । सोमबार भएको ड्राफ्टमा सन्दीप तलावाजसंग अनुबन्ध भएका हुन् । 

सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । 

सन्दीपले तेस्रो पटक सीपीएल खेल्दैछन् । उनले यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक  महँगो मूल्य हो ।  

सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडीमध्ये एक्लो नेपाली हुन् ।

आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबागोको बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिए पनि टुंगो लागेको छैन । 

कोभिड–१९ को महामारीका कारण मिति तय हुन नसकेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ