arrow

एक्काइस वर्षीय अधिकारीको मोटरसाइकल दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
accident-final.jpeg

बेत्राबती । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो । 

दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन् । उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । 

उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ