arrow

कार्वाही होइन फ्री मास्क अभियानमा युवानेता भण्डारी

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
mask-bitaran.jpg

धनगढी । नेपाल सरकारले मास्क नलगाई निस्कनेलाई कार्वाही र पक्राउ अभियान शुरु गर्नु अघिदेखि नै हरिपृया–प्रकाश फाउन्डेसनले १९ हजार मास्क बाँडेको छ । 

काठमाडौँदेखि कैलालीसम्म सडकदेखि अस्पतालसम्म १० हजार मायाको कोसेलीको नारा दिँदै निःशुल्क अन्न, स्वास्थ–सौन्दर्यदेखि मोबाइल रिचार्ज कार्डसम्म युवानेता क्षितिज भण्डारीले बाँडेका छन् । 

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेबिसंघ पूर्व कार्यबाहक अध्यक्ष रहेका भण्डारीले आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमार्फत एक हजार सञ्चारकर्मीको मनोबल उच्च पार्न मायाको कोसेली दिँदै दिनहुुँ नागरिकलाई राहत बाँडिरहेका छन् । 

सडकदेखि कोरोना अस्पतालसम्म ९ बर्षको छोरी आराद्य्या र ७ बर्षकी क्यारोलिन भण्डारी मार्फत धनगढीमा निःशुल्क मास्क अभियानको शुरूवात मात्र गरिएन ती कलिला नानीमार्फत प्रादेशिक कोरोना अस्पताल मै राहत बाँडियो । 

धनगढीका मेयर नृप ओड, साहित्यकार गडसेरी माईला, महिला संघ अध्यक्ष पुष्पा भट्ट, नेपाल दलित संघका नेता नृप सुनार र शिक्षक–प्राद्य्यापकलाई प्रमुख अतिथि बनाउँदै युवानेता भण्डारीले एक दिने पूर्व सूचना दिएर निष्पक्ष ढङ्गले अन द स्प्ट राहत बाँडेकोमा प्रदेश सभा सांसद डिल्लीराज पन्तले खुशी ब्यक्त गरेका छन् ।

हरिपृया–प्रकाश फाउन्डेसनले धनगढीमा लकडाउनमा ज्यान जोखिममा राख्दै निःशुल्क खाना र क्वारेन्टिन संचालनलाई नव आदर्श युवा क्लब र अध्यक्ष निराजन खड्कासहित २४ जना समाजसेवी युवालाई प्रदेश सांसद डिल्लीराज पन्तद्वारा सम्मान गरेको छ । 

पन्चोदय उमाबिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पन्तले सरकारले फ्री मास्क र सेनेटाईजर नबाँडेर सडकमा हिँडने बिपन्न नागरिकलाई कार्वाही गर्नु गलत हुनसक्ने बताए । 

उनले सबैलाई मास्क लगाएर आफू र परिवारलाई सुरक्षित पार्न आग्रह गरे । नेता पन्तले समाजको परिवर्तन आदर्श  युवा क्लबका अध्यक्ष जस्ता युवाहरूबाट मात्र संभव रहेको बताउँदै कोरोना पीडितलाई राहत वितरण र युवा अभियन्ताको सम्मान कार्यक्रमका लागि युवानेता क्षितिज भण्डारीको निस्वार्थ सेवाभाव अनुकरणीय रहेको बताए । 

युवाको सम्मान अनि क्वारेन्टिनमा सहयोगको दुई बेग्लाबेग्लै कार्यक्रमका विशिष्ट अतिथि पन्चोदय उच्चमावि प्राचार्य हरिष ओझाले आफ्नो सम्मानलाई आयोजक हरिपृया–प्रकाश फाउन्डेसन र प्रदेश माननीयलाई धन्यवाद दिँदै  स्कुल खोल्नका लागि चाँडै क्वारेन्टिन खाली गर्दै सेनेटाईज गराउन प्रदेश र स्थानीय सरकारसंग माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ