- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। भारतको पन्जाबमा एक किशोरले पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) गेम खेल्न हजुरबुबाको पेन्सन सकाएको सुन्दा यसको लतको बारेमा सहजै अनुमान लगाउन सुकिन्छ। ति किशोरले पब्जीको लतमै हजुरबुबाको २ लाख सकाएका हुन्। माहली जिल्लाका १५ वर्षीय ती किशोरले हजुरबुवाको पेन्सनको पैंसा पब्जीमा उडाएका हुन्। पब्जी गेममा भारतका मात्रै नभएर धेरै मूलुकहरुका युवायुवतीहरुको लत बढ्दो छ।
यसै वर्षको जनवरीबाट मात्रै खेल्न सुरु गरेका किशोरलाई बैंकको खाताबाट गोप्यरुपमा पैंसा खर्च गर्न स्कुलको सिनियरले सिकाएका थिए। पब्जीमा गेम खेल्नेबेला चाहिने विभिन्न सामग्री किन्नका लागि एपभित्रैबाट किन्न सक्ने फिचर रहेको छ । यद्यपी ती सामग्री नकिनेरै पनि गेम खेल्न सकिन्छ।
ती किशोरले दुई महिनामा पब्जी एपभित्रबाटै ५५ हजारको समाग्रीहरु किनेका रहेछन् । गेममा पैंसा तिर्नका लागि किशोरले पेटिएम (भारतको अनलाई पेमेन्ट सेवा) मा अकाउन्ट बनाएका थिए । त्यसका लागि उनले हजुरबुवाको सबै प्रमाणपत्रहरु प्रयोग गरेका थिए ।
परिवारले पछि बैंकबाट पैंसा निकाल्न पैसा कम पाएपछि सोधखोज गर्दा सबै कुरा बाहिरिएको हो । किशोरलाई यस विषयमा थप सोध्दै जादा उनले २ लाखभन्दा बढी पैंसा खर्च गरेको बताएका हुन् । उनको परिवारले अहिले यसरी उक्साएर ठगी गर्न सिकाउने स्कुलका सिनियरविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।
केहि दिनअघि पन्जाबकै एक युवकले उपचारका लागि भनेर बैंकमा जम्मा गरिराखेको १६ लाख रुपैंया पब्जीमा खर्च गरेको घटना सार्वजनिक भएको थियो ।
चीनीयाँ टेक्नोलोजी कम्पनी टेन्सेन्ट गेमले पब्जी बनाएको हो । कम्पनीले पहिलो आधा वर्षमा नै ३ अर्ब डलर आम्दानी गरेको थियो ।
पछिल्ला घटना सार्वजनिक भएसँगै पब्जीलाई प्रतिवन्ध लगाउन माग समेत भएको छ।