arrow

नेकपा महासचिव पौडेलको निर्वाचन क्षेत्रमा सडकको दूरावस्था (भिडियोसहित)

logo
प्रकाशित २०७७ असार २४ बुधबार
bishnu-poudel3.jpg

रुपन्देही । यो बुटवलको मुटु मानिने अमरपथ जोड्ने सडक हो (भिडियोमा देख्न सकिन्छ) । जुन सडक भएर बुटवल उप–महानगरपालिकाको कार्यालय र प्रदेश नं ५ का मुख्यमन्त्री, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय जाने सडकको रुपमा चिनिन्छ ।

कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा बुटवल उप–महानगरपालिकाले नगरका विभिन्न सडकलाई मर्मत सम्भार एव रेखाङ्कन गरी दुहली झैं सिंगार्न सफल भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा (साविक लक्ष्मी पथ) हाल टक्सार पथको अवस्था दिनप्रति दिन जीर्ण वन्दै गएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलको प्रमुख निर्वाचन मानिन्छ । सो सडकमा बुटवल उप–महानगरपालिकाको व्यापारिक भवन समेत रहेको टक्सार पथको सडकमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले सवारी आवागमन गर्दा खाल्डाखुल्डी जम्मा भएको पानी सामानमा छ्यापिने कारणले सामान बिग्रिने समस्या भएको बताएका छन् । 

व्यवसायीले भने सरकारी कार्यालयको लोकप्रिय मानिने असारे विकासले यसलाई समेट्न नसक्दा दैनिक जिर्ण बन्दै गएको सडकमा व्यापारी र पैदल यात्री पानी छ्यापिने हैरानी व्यहोर्न वाध्य भएको बताएका छन् ।

एक व्यापारीले नाम नखुलाउने सर्तमा भने, ‘ निर्वाचन पछि धेरै अपेक्षा गरेका थियौं । व्यापारीको उत्थान र विकास योजनाको निष्पक्ष रुपमा होला भनी हिजो मतदान गरियो तर सोचे अनुरुप देखिएन ।’

नेता पौडेलले पार्टीको आन्तरिक किचलो पनि मिलाउन उल्लेख्य भूमिका निभाउन सकेका छैनन् । आफ्नै चुनावी क्षेत्रमा त सम्वोधन गर्न नसक्नेले सिंगो पार्टीमा के भूमिका खेल्लान् भनी स्थानीयले आरोप लगाएका छन् । 

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पौडेल त्यसपछि सुस्ताउँदै गएको पनि आरोप लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ