arrow

विराट र प्रियंकाको एक पोस्टको मुल्य २ करोड माथि

logo
प्रकाशित २०७७ असार २४ बुधबार
prinya-birat.png

काठमाडौं ।प्रत्येक बर्ष जस्तै यस वर्ष पनि इन्स्टाग्रामबाट करोडौं कमाउने स्टारहरूको सूची सार्वजनीक भएको छ ।  अभिनेता ड्वेन जोनसन यस सूचीको शीर्ष स्थानमा छन्। ड्वेन आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत सबैभन्दा धेरै कमाउँछन्।
 
२०१९ को यस इन्स्टाग्राम सूचीमा ड्वेन बाहेक काइली जेनर, क्रिस्टियानो रोनाल्डो, किम कार्डाशियन, सेलेना गोमेज, एरियाना ग्रान्डे, बेयन्से नोल्स, जस्टिन बिबर, टेलर स्विफ्ट जस्ता स्टारहरू छन्। सूची इन्स्टाग्रामको स्याडुल टुल हप्परएचक्यू द्वारा जारी गरिएको हो।

बलिउडबाट यस पटक पनि एक मात्र अभिनेबी प्रियंका चोपड़ा छन्। योसँगै, प्रियंका सूचीमा सामिल हुने पहिलो भारतीय अभिनेत्री बनेकी छन्।

प्रियंका चोपडा सूचीको २८ औं स्थानमा छन्। प्रियंका चोपडाले बर्षमा आफ्नो इन्स्टाग्राम पोस्टबाट करोडौं कमाउँछिन्। प्रियंकाले एक इन्स्टाग्राम पोस्टको लागि करिब २.१ करोड भारतीय रूपैयाँ लिन्छन्।  गत वर्ष यस सूचीमा प्रियंका १९औं स्थानमा थिइन।

प्रियंका बाहेक भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पनि सूचीमा छन्। विराट प्रियंका भन्दा दुई स्थान माथि छन् ।  अर्थात २६ औं स्थानमा । विराटले आफ्नो एक इन्स्टाग्राम पोस्टको लागि लगभग २.२१ करोड भारतीय रूपैयाँ लिन्छन्। प्रियंका र विराट दुबै मात्र  सूचीमा सम्मिलित हुने भारतीय सेलिब्रेटि हुन् ।

गत बर्ष यस सूचीमा प्रियंका चोपडा र विराट कोहलीको नाम थियो।  एबीसी स्टुडियोको तेस्रो सिरिज  क्वान्टिकोको समाप्त भएको दुई वर्ष पछि प्रियंकाले प्राइम भिडियोको साथ दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेकी छन्। सम्झौताबाट प्रियंकाले मोटा रकम पाउने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ