arrow

भारतपछि अमेरिका पनि टिकटक बन्द गर्ने तयारीमा

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २४ बुधबार
tiktok.jpg

काठमाडौं। केहि दिनअघि भारतले टिकटकलगायतका ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो। त्यसको दुईसाता नबित्दै संयुक्त राज्य अमेरिकाले पनि त्यस्तै निर्णय अघि सारेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकसहितका चिनियाँ एपहरू प्रतिबन्ध गर्ने तयारी भइरहेको बताएका हुन्। मंगलबार फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा उनले टिकटकले लाखौं प्रयोगकर्ताको डाटा चोरिरहेको टिप्पणी गरेकका छन्।

टिकटकले प्रयोगकर्ताको तथ्यांक चोर्ने गरेको भन्दै यसअघि नै अमेरिकामा प्रतिबन्ध गर्नका लागि सांसदहरुले आवाज उठाउँदै आएका थिए। पोम्पेओले अन्र्तवार्ताका क्रममा पनि तथ्यांक चोरी भइरहेको कुरालाई उदृत गर्दै प्रतिबन्ध गर्ने तयारी भइरहेकोब बताएका हुन्।

चीन अहिले विश्वशक्तिहरुकै आखाको तारो बनेको छ। कोरोनाभाइरसको व्यवस्थापन, हङकङमा बेइजिङले लगाएको राष्ट्रिय सुरक्षा कानुन र व्यापार युद्धले चीनविरुद्ध कदम चाल्न बाध्य गराएको देखिन्छ।

भारतसँग पूर्वी लद्दाखमा भएको भिडन्तले पनि चीनको हर्कतको विरोध भइआएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ