arrow

वर्षा अगावै भूकम्पपीडितलाई छानामुनि ल्याउँछु: प्रधानमन्त्री ओली

असार मसान्तसम्म पहिलो किस्ताको रकम बाडिन्छ

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
pm-oli--FNL-i.jpg.jpeg
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष अगावै भूकम्पपीडितलाई छाना मुनि ल्याउनको लागि सरकार प्रतिवद्ध रहेको दोहोर्‍याएका छन्।
 
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मासथि उठेका जिज्ञाशा तथा प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले वर्ष अगावै खुल आकाश मुनी बसेका भूकम्पपीडित नागरिकलाई छानोमुनि ल्याईदे दाबी गरेका हुन्। 
 
उनले त्यससँगै असार मसान्त सम्ममा भूकम्पबाट अति प्रभावित जिल्लाका भूकम्पपपीडितहरूलाई पहिलो किस्ताको रकम उपलब्ध गराउने दाबी पनि गरेका छन्। उनले ११ जिल्लाका गाविसहरूमा भूकम्पपीडितसँग सम्झौता भईसकेको भन्दै दुई वर्षमा निजी घर, तीन वर्षमा विद्यालय, स्वास्थ्यसंस्था तथा पाँच वर्षमा सांस्कृतिक धरोहरको निर्माण सम्पन्न गर्ने गरी सरकार अघि बढीरहेको स्पष्ट पारे। 
 
उनले दुई लाखसम्मको अनुदान र थप तीन लाखसम्म सामुहिक जमानीमा भूककम्पपीडितले ह्ण लिन सक्ने व्यवस्था मिलाईएको पनि प्रधामन्त्री ओलीले दाबी गरे। सामान्यतयाः जेठको तेस्रो सातादेखि नेपालमा मनसुन सुरू हुने मौसमविद्हरू बताउँछन्। तर, ओलीले भने अनुसार असार मसान्तसम्म भूकम्पपीडितलाई पैसा दिएर जेठ मसान्त मै आकास मुनीबाट छानामुनि कसरी ल्याइन्छ भन्नेमा भने ओलीले स्पष्ट पारेनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ