arrow

बैंकको ब्याज तिर्न किसानले पाए प्रदेश सरकारबाट रकम

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार २४ बुधबार
cheque2.jpg

धनुषा । प्रदेश नम्बर दुई सरकारले लकडन अवधिभर चार महिनाको ब्याज तिर्न घोषणा गरेकाले मंगलबार देखि पहिलो चरणमा बारा र पर्सामा विभिन्न बैंकहरु, सहकारी र लघुवित संस्थाहरुबाट लिएका किसानहरुको कृषि ऋणका ब्याज प्रदेश सरकाले विभिन्न बितीय संस्थाहरुलाई चेक हस्तान्तरण गरेको छन् ।

प्रदेश नम्बर २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा बारा र पर्सामा १३ हजार ६ सय ६५ जना किसानलाई चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई पर्साको बिरगंजमा सम्बोधन गर्दै मन्त्री साहले भने, सबै भन्दा बढी प्रभावित कृषि क्षेत्रमा नै पर्छ किन भने यो प्रदेश कृषिमा अधारित रहेका छन।
प्रदेश सरकारले लकडन अवधि भर चार महिनाको ब्याज छुट गर्ने कार्यक्रम धेरै कम समयमा ल्याएको मन्त्री साहले बताए । किसानहरूलाई पाचै लाख ब्याज हैन कृषि क्षेत्रमा जति ऋण लिएको छ त्यो सबैको ब्याज छुट व्यवस्था संघीय सरकारसंग कुरो भइरहेको मन्त्री साहले बताए ।

मन्त्री साहले भने तरकारी खेतीमा पनि जुन तरकारी बजारसम्म जान नसकेको कारण खेतमै सडेगलेको छ भने त्यस्तो किसानलाई प्रति कठ्ठा ७सय ५० रुपैया का दरले दिने मन्त्रालयवाट निर्णय भएको बताए । दुध किसानलाई पनि लकडाउन अबधिभर नोक्सान भएको फागुन महिनामा जति दुध भएको थियो भने त्यसैको अधारमा प्रती लिटर दस रुपैयाँ प्रदेश सरकारले दिने मन्त्री साहले बताए ।

कुखुरा किसानलाई एउटा राम्रो व्यवासायी को रूपमामानेको छ तर धेरै मर्का भएको छ भने एउटा कुखुराको एक सयका दरले दिने मन्त्री साहले बताए । 
कोरोनाले सबभन्दा बढी संक्रमित भएको प्रदेश २ नै रहेको यो प्रदेशलाई कसरी कोरोना मुक्त बनाउने प्रदेश सरकारले लागिपरेका छन। आउने समय अरु चुनौती पुर्ण रहेको किनभने बिदेश वाट १० लाख युवाले फर्किरहेको उनिहरुलाइ कृषि उद्योग क्षेत्रमा काम नै लगाउने प्रदेश सरकार को त्यारी रहेको मन्त्री साहले बताए । यो वर्ष देखि पहिलो चौमासिकमा नै किसानलाई राहत दिने दोस्रो र तेस्रो चौमासिकमा नबस्नु अत्यारी आउने बितिकै पहिलो चौमासिकमा किसान हरुलाइ पाइने सुविधा दिनुपर्ने कर्मचारी हरुलाई मन्त्री साहले निर्देशन दिए। 


अर्को प्रसंगमा मन्त्री साहले भने एक परिवार एक दिनमा एक हजार आमदानी कसरी गरिने भने यसमा पनि प्रदेश सरकारले पाकेज बनाएको मन्त्री साहले बताए । हेलो ट्रेक्टर पनि यो वर्ष देखि शुरु गरिने त्यारीमा ल्याएका छन।

पर्साको बिरगंजमा ४ हजार ६ सय ६५ र बारा को कलैयामा ९ हजार किसानलाई मन्त्री साहले एक कार्यक्रम बीच चेक हस्तान्तरण गरेका हुन् । पर्सामा २ करोड ९६ लाख ४५ हजार पाँच सय र बारामा ३ करोड को पहिलो चरणमा विभिन्न बैंक , सहकारी र लघुवित संस्थाहरु बाट लिएका किसानहरुको कृषि ऋणका ब्याज प्रदेश सरकाले विभिन्न बितीय संस्थाहरुलाई चेक हस्तान्तरण गरेका छन् ।

चैतदेखि असारसम्म ४ महिनाको ब्याज प्रदेश सरकार आफैँले मङ्गलबारदेखि बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिन थालेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत चैतमा बैक, वित्तीय संस्था तथा सहकारीबाट किसानले लिएका कृषि कर्जाको ब्याजमा अनुदान दिने घोषण गरेको थियो। यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ३६ करोड रुपैयाँ विनियोजन गरेका छन।

प्रदेश नम्बर २सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर विमल कुमार निर्मलका अनुसार प्रदेश २मा लकडाउनबाट प्रभावित धेरै किसान रहे पनि पहिलो चरणमा ८० हजार किसानलाईमात्रै ब्याज अनुदान कार्यक्रममा समेटिएका छन। लकडाउनले प्रभावित किसानलाई राहत दिने उद्देश्यले ल्याइएको ब्याज अनुदान कार्यक्रम मङगलबार पर्सा र बारा देखि सुरु गरिएको हो । प्रदेशका ८ वटै जिल्लाका किसानलाई कृषि कर्जा अनुदान कार्यक्रम अन्तर्गत ब्याजको भुक्तानी प्रदेश सरकारले गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ