arrow

गर्मीमा चिसो पेय धेरै पिउनुहुन्छ, दाँत झर्ला

logo
प्रकाशित २०७७ असार २४ बुधबार
problem-brittleteeth.jpg

काठमाडौं । सन् २०१० मा न्युजिल्यान्डकी ३१ वर्षीया महिला नतासा ह्यारिसको मुटुको चाल खराब भएर मृत्यु भयो। एबीसी न्युजका अनुसार उनको मृत्युको प्रमुख कारण अति धूमपान र अति बढी चिसो पेय सेवन मानिएको छ । उनका साथीहरूका अनुसार कोक पिउन नपाउँदा नतासा काँप्न सुरु गर्थिन् । उनको टाउको दुख्न थाल्थ्यो। नतासाका सबै दाँत मृत्युभन्दा धेरै वर्ष अगाडि नै झिकिसकिएको थियो र यसको मुख्य कारण यस्तै चिसो पेय पदार्थको अत्यधिक प्रयोग मानिएको थियो ।

गुलियो र अमिलो भएको चिसो पेयले दाँतको पालिस (इनामेल) पखाल्छ । अम्लले मात्र होइन, गुलियोका कारण पनि दाँतको पालिस पखालिने अवस्था बन्छ। हामीले खाएको गुलियोबाट दाँत र मुखमा रहेका किटाणुले अम्लीय पदार्थ उत्पन्न गर्छन् । चिसो पेयका कारण दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्या बढी देखिएका छन्- दाँतमा प्वाल (डेन्टल क्यारिज) पार्ने र दन्त हर्ष (जिन्जिभाइटिस) हुने । हाल दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरूले बताएका छन् ।

वरिष्ठ दन्त चिकित्सक सुशील कोइराला भन्छन्, 'सिलप्याक बट्टामा राखिएको फलफूलमा चिनीको मात्रा अति बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर गर्छ । बट्टाको फलफूलको रस किन्नुभन्दा फलफूल नै स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ। यो सस्तो पनि पर्छ ।'

विशेष गरी चिसो पेयमा भएका अम्लीय तत्त्वहरूलाई दन्त क्षयको कारक मानिएको छ ।१५ सुरुमा बाहिरी पालिसको पत्र खिइँदै दाँतको क्षय हुन थाल्छ र पछि दाँतको बीचको पत्र (डेन्टाइन) मा पुग्छ ।

त्यसपछि सबैभन्दा भित्री पत्रमा हानि पुयाउँछ । पालिस खिइएपछि दाँतमा तातो, चिसो वा हावा पर्दा पनि सिरिङ्ग हुने गर्छ । यस्तो  बेला दाँत कमजोर हुने, त्यसको किनार सजिलै चोइटिने वा टुक्रिने हुन सक्छ।

नेपालमा चिसो पेयको बिक्री विभिन्न नामबाट भइरहेको छ र दिन प्रतिदिन यसको व्यापार बढिरहेको छ। चाडपर्व र भोजभतेरमा पनिह सान, मान र स्वागतका लागि चिसो पेयको अत्यधिक प्रयोग भइरहेको छ। हाम्रो स्वास्थ्य मात्र होइन, जीवनशैली र संस्कृतिलाई पनि विकृत बनाइरहेकाले यसको प्रयोगमा विचार गर्ने बेला भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ