arrow

विवाहको समय सुपरहिट थिइन नीतू, ऋषिका लागि छोडिन् करियर

logo
प्रकाशित २०७७ असार २४ बुधबार
nitu-rishi.jpg

काठमाडौं । बलिउडमा अभिनेत्री नीतू सिंह र ऋषि कपूरको जोडी सदाबहार मानिन्थियो। अहिले ऋषि कपूर संसारमा छैनन् तर दुबैको जोडीलाई अझै पनि एक उदाहरणको रुपमा हेरिन्छ । नीतू सिंहको बुधबार जन्मदिन हो ।  उनी  ६१ औं जन्मदिन मनाउँदैछिन्। ऋषि कपूर बिना नीतूको जन्मदिन खल्लो हुनेछ ।ऋषि कपूरको मृत्युपछि छोरी रिद्धिमाले हरेक पल नीतू कपूरको हेरचाह गर्दैछिन्।  रिद्धिमाले भनेकी छन्  'हामी दुवैले एक अर्कालाई सहयोग गरिरहेका छौं र हामी ठीक छौं'।

ऋषि कपूर र नीतू सिंहको विवाह बलिउडको चर्चित विवाह मध्ये एक थियो।  नीतू सिंहले आफ्नो एक दशक करियरमा धेरै नायकहरूसँग हिट फिल्महरू दिइन्। यद्यपि उनको जोडी सबैभन्दा बढी ऋषि कपूरसँग मन पराइयो । जोपछि उनको श्रीमान्  बने। नीतू र ऋषि कपूरको प्रेम कहानी कुनै फिल्म कथाभन्दा कम छैन। दुवैको पहिलो भेट आरके स्टुडियोमा भएको थियो जहाँ फिल्म ''बबी'' को सुटिङ भइरहेको थियो। तर दुबैबिच फिल्म 'जहरीला इंसान' को सेटमा नजिकबाट परिचित भएका थिए।

नीतू सिंहले एक अन्तर्वार्तामा भनेकी थिइन्- 'मलाई उहाँसँगको पहिलो पटक भेट मन परेन। उहाँ कुराकुरामा डाटथे मलाई  लाग्थ्यो उहाँ एकदम कठोर मानिस हुनुहुन्छ तर पछि हामी साथी भयौ।' 

नीतुले भनेकी थिइन् एक दिन ऋषिले नीतु सोधे - किन धेरै फिल्महरू हस्ताक्षर गर्दैछौं, के विवाह गर्नु पर्दैन?' नीतुले सोधिन् कोसँग विवाह गर्ने ?  ऋषिले सिधै भने मसँग ।  यसरी दुवैबिचको सम्बन्ध विवाहमा परिणत भयो ।

ऋषि कपूरले आफ्नो पुस्तक खुल्लम खुल्लामा बताएका छन् - नीतू सिंह अघि उनी पारसी केटी यास्मीन मेहतालाई प्रेम गर्थे। यास्मीनको बारेमा धेरै कुरा नभने पनि  ऋषि नीतूलाई पहिलो भेटे हुदा  यास्मीनसँग डेटिङ गर्दै थिए ।  तर चलचित्र 'बबी'को सफलता पछि यास्मीनले  ऋषि ''बबी'' फिल्मकी उनको को-स्टार डिम्पल कपाडियाको प्रेममा डुबेको सम्झिइन् ।  त्यसैले यास्मीन, गलत धारणाको शिकार भएपछि ऋषिको प्रेमलाई अस्वीकार गरिन्। ऋषि कपूरले उनलाई मनाउन कडा परिश्रम गरे तर उनी राजी भइनन् । 

'बबी' फिल्म सुपरहिट भएपछि ऋषि कपूरसँग धेरै चलचित्रहरूमा अभिनय गरे तर हिट भने भएनन् । यसको रिस ऋषिले नीतूमाथि निकाल्थे। उनले आफ्नो असफलताको लागि नीतू सिंहलाई दोष दिन थालेका थिए । तर नीतू सधै ऋषि कपूरकै पक्षमा रहन्थिइन् । 

विवाह पछि नीतुले फिल्म करियरबाट विदा लिइन् । सो समयमा उनको करियरको सुनौलो क्षण चलिरहेको थियो। त्यसपछि उनी परिवार र बच्चाहरू रिद्धिमा कपूर र रणबीर कपूरलाई हुर्काउनमा व्यस्त भइन्।

 विवाह गरेको २९बर्ष पछि नीतू २००९ मा ऋषि कपूरसँग फिल्म 'लव आज कल' मा सिनेमाको पर्दामा पुन: देखिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ