arrow

केन्याको दुर्गम भेगमा बेलुनबाट ४जी इन्टरनेट

प्रविधि क्षेत्रमै पहिलो पटक बेलुनबाट व्यावसायिक इन्टरनेट सेवा विस्तार

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २४ बुधबार
kenya-google-balloon-internet-4g.jpg

काठमाडौं। केन्यका दुर्गमा बस्तीमा बेलुनबाट ४जी इन्टरनेट विस्तार भएको छ। गुगलको अभिभावक कम्पनी अल्फाबेटको लुम विभागले प्रविधि क्षेत्रमै पहिलो पटक बेलुनबाट इन्टरनेट सेवा विस्तार गरेको हो। अब केन्याको उक्त दुर्गम क्षेत्रका मानिसहरुले भिडियो कल, इमेल, इन्टरनेटका सबै सेवाहरु उपभोग गर्न पाउँनेछन्।

दूई वर्षअघि घोषणा भएको यो योजना हालमात्रै सम्पन्न भएको हो। कोरोना भाइरसको माहामारीका बीच नयाँ प्रविधिले इन्टरनेट सेवा विस्तार भएको छ।
सोलार प्लेटबाट शक्ति दिइएका ३५ बेलुन पुथ्वीको सतहबाट २० किलोमिटर माथि पूर्वी अफ्रिकाको आकासमा रहनेछ। ५० हजार वर्गकिलोमिटर क्षेत्रमा नेटवर्क टिप्ने यो ४जी बेलुनबाट ३५ हजार प्रयोगकर्ताहरुले प्रयोग गर्नेछन्।

अमेरिकाबाटै प्रक्षेपण गरिएका बेलुनहरु हावाको वहावले मध्यपूर्वी केन्यामा पुग्नेछन्। यो इन्टरनेटको डाउनलोड स्पिड १९ एमबीप्रति सकेण्ड रहेको छ भने अपलोड स्पिड ५ एमबिप्रतिसेकेण्ड रहेको।

सन् २०११ मै गुगल इन्कले यो योजनामा काम सुरु गरेको थियो। सन् २०१८ मा केन्याको टेलकोमसँग सहकार्य गरेर केन्याका लागि योजना अघि बढाएको थियो।

लुनका प्रमखु कार्यकारी अधिकृत एलिस्टर वेस्टगारथले वर्षौंको काम र मेहनतपछि योजना सफल भएको बताएका छन्। त्यस्तै केन्याको टेलकोमका प्रमखु कार्यकारी अधिकृतले इन्टरनेट विस्तारमा महत्वपूर्ण सफलता हात लागेको बताएका छन्।

यसअघि लुनले पेरुमा भुकम्पका बेला पनि इन्टरनेटका लागि यस्तै बेलुनको प्रयोग गरेको थियो। यद्यपि केन्यामा व्यावसायकि रुपमै बेलुनबाट इन्टरनेट सेवा विस्तार गरिएको हो। केहि महिनाको अन्तरालमा बेलुनहरु आकासमा पुर्नस्थापित गरिनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ