arrow

सोरु गाउँपालिका अध्यक्ष र कर्मचारीले एक अर्का बिरुद्ध दिए अनियमितताको उजुरी

सोरु गाउँपालिकाको कामकाज अबरुद्ध, गाँउ परिषद पनि अनिश्चित 

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ असार २५ बिहिबार
soru-village-municipal.jpg

मुगु। मुगुस्थित सोरु गाउँपालिकाका प्रमुख र कर्मचारीहरु बीच पालिकामा अनियमिता बारे आरोप प्रत्यारोप शुरु भएको छ । गत आइतबार पालिकाका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रसासकिय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले कोरोना राहत कोषको १९ लाख र गिलाह नुवाकोट सडकको ९ लाख २१ हजार अनियमित र पालिकाको छापको दुरुपयोग गदै मादक पदार्थ माग गरेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालय मुगुमा कारवाहिको माग गदै उजुरी दिएका थिए।

उजुरीका साथ प्रमुख शाहीले सडक निमार्णमा स्काभेटर प्रयोग गरेको विल, कामदारको ज्यालाको डोर हाजिरी, ८ नं वडा कार्यालयको भुक्तानी सिफारिस, टिप्पणी आदेश र पालिकाको छाप प्रयोग गरि मादक पदार्थ(रक्सी) माग गरिएको अर्डर स्लिप संलग्न गरेका थिए।

आफु र लेखापाल विरुद्घ पालिका अध्यक्षले उजुरी गरेपछि मंगलबार दुई दिन पछि प्रमुख प्रशासकिय अधिकृत धान्य बुढा र लेखापाल जेठ बहादुर बुढा सहित पालिकामा कार्यरत २ दर्जन बढी कर्मचारीहरुले आफना प्रमुख प्रशासकिय अधिकृत र लेखापालको बचाउ गदै जिल्ला प्रशासनमा अध्यक्ष शाही विरुद्घ उल्टै उजुरी दिनुका साथै प्रेस बिज्ञप्ती निकालेका छन्। 

प्रमुख प्रशासकिय अधिकृत बुढा सहित ८ जना कर्मचारीको दस्तखतमा अध्यक्ष शाही विरुद्घ दिईएको उजुरीमा वडा नं ६ मा पर्ने झिरझिर पानीदेखि खोची खोलासम्मको सडक मर्मत गर्ने कार्यमा कार्यालय सहायक चन्द्र दमाईको नाममा पेश्की फर्स्यौट गरि २ लाख ८४ हजार आफनै खातामा लिएको, गाडी मर्मतका नाम २ लाख लिए पनि पुुनः अर्को विल प्रयोग गरि पुन १ लाख १७ हजार भुक्तानी लिई आर्थीक अनियमिता गरेको, जिन्सी शाखाबाट विभिन्न सामान तथा सवारी साधनहरु लिइ आफनो घर र नातेदारले प्रयोग गरि चरम पदीय दुरुपयोग गरेको,आफना छोराले स्थापना गरेको ह्याचरीलाई पालिका अध्यक्ष कोषबाट ९ लाख पेश्कि दिएको, का.स चन्द्र दमाईको नाममा जनप्रतिनिधी तालिम कार्यक्रम शिर्षकबाट ३ लाख लिएपनि हालसम्म तालिम संचालन नगरेको, भ्रमण खर्च वाफत १ लाख पेश्की लिएपनि अझै सोको विल,भरपाई पेश नगरेको, एकल टिप्पणी आदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा रहेका योजनाहरुलाई भुक्तानी दिन दवाव दिई भुक्तानी लिएको जस्ता ११ वटा आरोप लगाउदै पदिय दुरुपयोग र आर्थिक अनियमित गरेको भन्दै कानुन अनुसार कारवाही र अनुसन्धान गरि दिन भनिएको छ ।

मंगलबारै कर्मचारीहरुबाट जारी गरिएको प्रेस विज्ञप्तीमा आईतबार पालिका अध्यक्ष शाहीले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उजुरीको खण्डन गरिएको छ । विज्ञप्तीमा भनिएको छ पालिका शाहीले प्रमुख प्रशाकिय अधिकृत र लेखापालद्वय बुढालाई लगाएको आरोप कपोकल्पित र कुनै सत्यतामा आधारित छैन बरु अध्यक्ष शाहीले तारापानी–नुवाकोट–रुम सडकको अन्तिम भुक्तानीमा १ लाख ५० हजार, प्रकोप व्यवस्थापन कोषबाट ३ लाख घुस माग्दा उपभोक्ता समिती र कार्यालय प्रमुख, लेखापालले नदिएपछि सडकको नक्कली कागजात आफै बनाई सार्वजनिक गरेको, प्रमुख प्रशासकिय अधिकृतले आफनो व्यक्तिगत प्रयोजनका लागी प्राईभेट होटेलमा दिएको अर्डर स्लिपमा अध्यक्ष स्वयंले लिई कार्यालयमा छाप लगाई बदनाम गरेको, अध्यक्षले पालिका केन्द्रका विभिन्न होटेलमा मादक पदार्थ खाएको ठाँउमा अन्य सामानको विल हाली पटक पटक भुक्तानी लिएको आरोप लगाईएको छ ।

सोरु गाउँपालिकाको कामकाज अबरुद्ध, गाँउ परिषद पनि अनिश्चित 
सोरु गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापालको बचाउ गर्दै गाउँपालिका भरिका सम्पूर्ण कर्मचारीहरु सोमबार जिल्ला सदरमुकाम गमगढीमा आएपछि पालिकाबाट दैनिक सम्पादन हुने सम्पूर्ण कामकाजहरु अबरुद्ध भएका छन्। कर्मचारी जिल्लामा आएपछि असार २४ गते तोकिएको गाउँसभा पनि अनिश्चित भएको छ । 

संबैधानिक ब्याबस्था अनुसार गाउँसभा असार १० भित्र सुरु गरि सक्नु पर्ने ब्यबस्था भएपनि पालिका प्रमुख र कर्मचारी विचको बिबादका कारण सोरु गाउपालिकाको सातौ गाँउसभा अनिश्चित हुने देखिएको छ। आर्थिक बर्षको अन्तमा पालिका प्रमुख र कर्मचारी विचको विवादका कारण संघ, प्रदेश र स्थानिय सरकारहरुबाट संचालित विकास योजना तथा कार्यक्रमहरुको भुक्तानी रोकिएका छन् भने पालिका मातहतका विद्यालय, स्वास्थ्य सस्था र शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले तलव भत्ता पाउन सकेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ