arrow

कांग्रेसका भातृ एवं सुवेच्छुक संस्थाद्धारा क्वारेन्टाईन व्यवस्थापनमा सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २५ बिहिबार
congress-sister-organisatio.jpg

बागलुङ। कांग्रेस बागलुङका भातृ एवं सुवेच्छुक संस्थाहरुले स्थानिय तहले संचालन गरेका क्वारेन्टाईन व्यवस्थापनका निम्ती आर्थिक सहयोग गरेका छन् । जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट आएर नागरिकहरुको क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दो रहेको र उक्त क्वारेन्टाईन व्यवस्थापनका निम्ती स्थानिय तहलाई पनि कठिनाई परेको हुँदा यसमा केही सहज होस भन्ने उद्देश्यले कांग्रेस आवद्ध संस्थाहरुले सहयोग गरेका हुन्। 

संकटको समयमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै जिल्लामा क्रियाशिल विभिन्न १५ वटा भातृ एवं सुवेच्छुक संस्थाले  संयुक्त रुपमा सहयोग गरेका हुन । नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माको संयोजनमा सम्पुर्ण संस्थाहरुबाट रकम संकलन गरी एक दशवटै स्थानिय तहलाई १ लाख ७९ हजार ३५ रुपैयाँ सहयोग दिइएको हो।

सहयोगका लागि नेपाल भुपू सैनिक संघ बागलुङको तर्फबाट ५० हजार ३५ रुपैयाँ, नेपाल महिला संघको तर्फबाट २५ हजार रुपैयाँ, नेपाल तरुण दल बागलुङबाट २५ हजार रुपैयाँ र  नेपाल शिक्षक संघबाट २५ हजार रुपैयाँ दिइएको छ । त्यसैगरी राष्ट्रिय मगर संघको १० हजार, नेपाल दलित संघको ७ हजार रुपैयाँ, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको ५ हजार, निजामती कर्मचारी युनियन संघको ५ हजार रुपैयाँ, नेविसंघको ५ हजार, डिएलएको ५ हजार रुपैयाँ, नेपाल किसान संघको ५ हजार, नेपाल प्रजातान्त्रिक प्रध्यापक संघको ५ हजार, प्रजातन्त्र सेनानी संघको ३ हजार रुपैया नेपाल प्रेस युनियन बागलुङ २ हजार र जीपी कोईराला फाउण्डेशनको २ हजार रुपैयाँ गरी कुल १ लाख ७९ हजार संकलन भएको संयोजक शर्माले बताईन । उक्त रकम सवै स्थानिय तहलाई हस्तान्तरण गरिने बताईएको छ । 

सहयोग अभियान अन्तरगत मंगलबार एक कार्यक्रमको आयोजना गरी बागलुङ नगरपालिकालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन् । क्वारेन्टाईनमा रहेका नागरिकको खाना, बसाई तथा अन्य व्यवस्थापनमा केही सहयोग पुगोस भन्ने चाहना अनुरुप नगदै सहयोग गरिएको संयोजक शर्माले बताईन । उनिहरुले संकटको सामनाका लागि हरेक स्थानिय तहमा काँग्रेसजनहरु साथमा रहेको बताए । यो समयमा स्थानिय तहले आफ्ना गतिविधिलाई पारदर्शितामा ध्यान दिन समेत आग्रह गरेका थिए । 

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले विपदको समयमा यो वा त्यो नभनी काँग्रेस सधै सहयोग गर्न तयार रहेको बताए । उनले भातृ एवं सुवेक्षुक संस्थाको काम प्रति निकै प्रशंसा गरे । थापाले  कोरोना जोखिम न्युनिकरणका निम्ती हरेक स्थानिय तहलाई काँग्रेसको सधै साथ रहेको बताए ।

संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले सुस्त गतिमा भैरहेको कोरोनाको जाँच बढाउन दवाव आवश्यक रहेको बताए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सरकार विभिन्न संघ संस्था र सर्वसाधारणको संयुक्त प्रयासले मात्रै संकटको सामना गर्न सकिने भन्दै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।  उनले विभिन्न संघ संस्था र व्यक्तिगत सहयोगमा नगरपालिकाले स्थापना गरेको विपद, राहत उद्धार व्यवस्थापन कोषमा हाल सम्म ३१ लाख ६५ हजार ५ सय ३ रुपैयाँ ४४ पैसा जम्मा भएको जानकारी गराए ।

हाल विभिन्न स्थानिय तहमा झण्डै ८ सय जना क्वारेन्टाईनमा छन भने २ सय ९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । ति मध्ये १ सय १० जना घर फर्किसकेको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले जानकारी दिए ।  कार्यक्रममा काँग्रेसका विभिन्न भातृ एवं सुवेक्षुक संस्था जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम भुपु सैनिक संघ बागलुङका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ