arrow

शोलेका सुरमा भुपाली रहेनन्, हाँस्य कलाकार जगदीपको निधन

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
jagdeep.jpg

काठमाडौं । भेट्रान कमेडिन जगदीपको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईमा निधन भएको हो । उनको असली नाम सैयद इश्तियाक अहमद जाफरी हो । 

जगदीपका साथी चलचित्र निर्माता महमूद अलीकाअनुसार बान्द्रास्थित उनको घरमा राति ८ः३० बजे उनको मृत्यु भएको हो । उनी लामो समयदेखि बिरामी थिए । 

जगदीपलाई बिहीबार बिहान ११ बजे मुम्बईको मुस्तफा बाजार मझगांव शिया कब्रिस्तान सुपर्द–ए–खाक गरिने बताइएको छ । 

उनी सुरमा भोपालीका नामले चर्चित थिए । चर्चित फिल्म शोलेमा उनले यही नामबाट चर्चा कमाएका थिए । 

२९ मार्च १९३९ मा मध्य प्रदेशको दतियामा एक वकिलको घरमा जन्मिएका उनले ‘मास्टर मुन्ना’ को रुपमा बी आर चोपडाको फिल्म ‘अफसाना’ बाट बालकलाकारका रुपमा करियर सुरु गरेका थिए । 

‘दो बीघा जमीन’ बाट कमेडी थालेका जगदीपले ४ सय भन्दा बढी फिल्ममा कार गरेका थिए । उनको अन्तिम फिल्म सन् २०१२ मा ‘गली गली चोर’ थियो । जसमा उनी पुलिस कन्स्टेबलको भूमिकामा देखिएका थिए । 

सन् १९७५ मा आएको शोलेमा निभाएको भूमिका सुरमा भोपालीको नामबाट सन् १९८८ मा बलिउडमा फिल्म पनि बनेको थियो । त्यसमा पनि जगदीपले मूख्य भूमिका निभाएका थिए । 

उनी जावेद र नावेद जाफरीका पिता थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ