arrow

१ सय ३२ केभिए प्रशारण लाइनको काम अन्तिम चरणमा

प्रशारण लाइन जडान भएपछि पाँचथरमा विधुत नियमित हुने

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
electricty.jpg.jpeg
पाँचथर । झापाको दमकदेखि फिदिमको थापाटारमा निर्माणधिन् स्टेशनमा १ सय ३२ केभिए प्रशारण लाइनको काम अहिले अन्तिम चरणमा पुगेको छ । यो प्रशारण जडान गरिएपछि पाँचथरमा विद्युत नियमित हुने भएको छ । हाल ३३ केभिए प्रशारण लाइनले जिल्लामा धानेको छ ।
 
नेपाल विद्युत प्राधिकरण फिदिम सव स्टेशनका प्रमुख टंक तामाङका अनुसार अहिले झापाको दमकदेखि इलामको गोदकसम्म १ सय ३२ केभिए प्रशारण लाईन जडान गरिएको छ ।
 
अव जिल्लाको अमरपुर स्थित भालुचोकमा पनि स्टेशन लगभग निर्माण भइसकेको र थापाटारको पनि निर्माण सकिएपछि जडान गरिँदा जिल्लामा विद्युत नियमति हुने तामाङको भनाई छ ।
 
यस्तै जिल्लामा वर्षायाम सुरु भएसँगै विद्युत अवरुद्ध हुने क्रम बढेको छ । प्राधिकरणका निमित्त प्रमुख तामाङले वर्षायाममा हावाहुरीका कारण विजुलीको पोलमा बोटविरुवा ढलेर छुने हुँदा विद्युत अवरुद्ध हुने गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ