arrow

संघीयमा मात्र हैन सत्तारुढ नेकपा प्रदेशमा पनि पेलेरै गयो

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
sudurpachhim-samsad-birodh.jpg

धनगढी । संघीय संसदमा मात्र हैन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशसभाबाट पनि विपक्षी दलहरुलाई पेलेर जाने प्रवृत्ति बढेको छ । 

सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकमा पनि त्यस्तै भयो । नेकपा पेलेर गएको छ । प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरु रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे पनि त्यसको वास्ता गरिएन ।

नाराबाजीका बीच प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ को बजेटसँग सम्बन्धित अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेशमात्र गरिएन पारित नै भयो । 

पारित गर्दासम्म पनि नाराबाजी भइरह्यो । बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ