arrow

पाँचथरका जयकुमार राई दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत फेला

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
jaya-rai-photo.jpg.jpeg
पाँचथर। पाँचथर फिदिम नगरपालिका ३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृत्यु हुनेमा २७ वर्षिय जयकुमार राई रहेको छन्। सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई विहिबार राती सुतेकै अवस्थामा मृत फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए।
 
वास्कोटाका अनुसार राती १२ वजेसम्म फोनमा गफ गरी सुतेपनि विहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले वताए। उनका अनुसार सोमबार उनमा रुखाखोकीको लक्षण देखिएको थियो।
 
घटनाबारे नेपाली दूतावासका श्रमसहचारीलाई जानकारी गराएको उनले वताए। अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ