arrow

किसानका समस्या समाधानका लागि काँग्रेस नेता बिष्टद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असार २५ बिहिबार
bista-bhatta.jpg

धनगढी । जिल्लाका भारतीय सीमान्त दक्षिणी क्षेत्रका जनता र किसानहरुको हीतमा प्रदेश सरकारका नीति तथा कार्यक्रम हुनु पर्ने भन्दै नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवानसिंह बिष्ट नेतृत्वको एक प्रतिनिधि टोलिले आज मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष ज्ञापनपत्र बुझाइएको छ । 

२०७४ सालको निर्वाचन पश्चात् मुलुकमा बनेको सरकारबाट  ठूलो आश गरे पनि अपेक्षा अनुसार यस क्षेत्रका जनताले सेवा सुबिधा समेत  सहज पाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहिबार सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको हो । 

नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा संविधान सभा सदस्य दिवानसिंह बिष्टको नेतृत्वमा बिहीवार प्रदेशका मुख्यमन्त्री भट्ट समक्ष पहलको माग गर्दै ज्ञापन बुझाइएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपि प्रसाद उपाध्यायले बताए । 

धान बाली र उखु बालिमा युरिया लगायतका रासायनिक मल आबश्यक रहेका बेला मल अभाव हुँदा सुदुर पश्चिममा खाद्य संकटको अबस्था आउने देखिएकोले अबिलम्ब मलको ब्यबस्थापन गर्नु पर्ने , बैशाखा-बेलौरी-कलुवापुर सडकको निर्माणका लागि ठेक्का भइ कार्य सुरु भएपनि हाल निर्माणकार्य रोकिएकोले अबिलम्ब सुरु गरिनु पर्ने , हुँदै गरेको पुर्व पश्चिम रेल मार्गको सर्वेमा जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास-बेलौरी-बेल्डाँडी हुँदै महाकाली नगरपालिकाको दोधारा चाँदनीलाई जोड्न पहल गर्नु पर्ने लगायतका २३ बुँदे माग सहित मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन बुझाइएको हो । 

कञ्चनपुरको उत्पादकत्व क्षमता भएको जिल्लाको दक्षिणी क्षेत्रका पुनर्वास, बेलौरी, बेल्डाँडी र लालझाडी लाई उखु , धान खेती , केरा खेती र माछा पालन पकेट क्षेत्र घोषणा गराउन पहल गरिए प्रदेशमै आर्थिक सम्पन्नता आउने भएकाले ध्यानाकर्षण गराइएको सम्बिधान सभा सदस्य दिवान सिह बिष्टले बताए । 
किसान र कृषि क्षेत्रमा अनुदारवादी सरकारको रवैयाका कारण आयस्रोत घट्नुका साथै प्रदेशमा खाद्य संकटको अबस्था आउने भएकाले सरकारले किसानमुखी योजना र कार्यक्रम ल्याउने पर्ने माग गर्दै आएको काँग्रेस नेता बिष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ