arrow

सरकारको नीति–कार्यक्रम बहुमतले पारित, नियमावली मस्यौदा प्रतिवेदन स्वीकृत

बैठक एकै पटक जेठ १३ मा

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
sansad @@@.jpg.jpeg

काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७३–०७४को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार छलफल सकिएसंगै नीति तथा कार्यक्रम पारित भएको हो । सांसदहरुले उठाएको जिज्ञासाको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिएकामा बहुमतले पारित भएको हो । वैशाख २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् ।

यस्तै, संसदको नियमावली मस्यौदा समितिले बुझाएको प्रतिवेदन समेत बहुमतले स्वीकृत भएको छ । सभामुख ओनसरी घर्तीले नियमावली मस्यौदा प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरेपछि बहुमतले स्वीकृत भएको हो । संसदले जेठ ३ गते भित्र संसद सचिवालयमा नियमावली मस्यौदा प्रतिवेदनबारे संशोधन दर्ता गर्न भनेको छ । नियमावली मस्यौदा समिति सभापति राधेश्याम अधिकारीले संसदमा केही दिन अघि नै प्रतिवेदन पेश गरेका थिए । व्यवस्थापिका संसद बैठक अब एकै पटक जेठ १३ गते विहिबार विहान ११ बजे बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ