arrow

जन्मदिन मनाउन जम्मा भएको घर पहिरोले बगायो, पोखरामा पहिरोमा परी ४ को मृत्यु, ७ घाइते

logo
हरि पन्त,
प्रकाशित २०७७ असार २६ शुक्रबार
Kaski_District.png

पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एकै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । 

१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल पुर्याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

राति जन्मदिन मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । 

अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको बताए । त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ