arrow

बालिङ उद्योग वाणिज्य संघको साधरणसभा सम्पन्न

नीजिक्षेत्रमुखी बजेट आउनु पर्छ : लम्साल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
IMG_0610.JPG.jpeg
स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघ स्याङ्जाको १४ औं बार्षिक साधरणसभा सम्पन्न भएको छ । संघको १४ औं बार्षिक साधरणसभा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा गण्डकी अञ्चल संयोजक दीपक लम्सालले उदघाटन गरेका छन् । उदघाटन गर्दै केन्द्रिय सदस्य लम्सालले सरकारले ल्याएको नीति तथा कार्यक्रम नीजिक्षेत्रले स्वागत गरेको बताए ।
 
 सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रचारमुखी भएको र कार्यन्यनमुखी हुन नसक्ने प्रचार बाहिर आएको छ केन्द्रिय सदस्य लम्सालले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रम यो यथार्थफरक हुनुपर्छ ।” जुन ढङ्गले नीति तथा कार्यक्रम सरकारले ल्याएको छ त्यही अनुरुप आगामी बजेट पनि नीजिक्षेत्रमुखी आउनु आवश्यक छ लम्सालले भने ।
 
सरकारले जहिले पनि पुजीगत खर्च २२ प्रतिशत मात्रै खर्च गर्ने गरेको बताउदै कार्यक्रममका प्रमुख अथिति समेत रहेका लम्सालले अवको दुई महिनामा सरकारले कसरी बजेट खर्च गर्ने छ त्यसका लागि नीजिक्षेत्र चनाखो बन्नु पर्ने बताए । स्थानीय निकायको निर्वाचन नहुँदा नेपाली जनता र राजनीतिकदलले समेत आशा र भरोषाको रुपमा हेरीएको नीजिक्षेत्रले बेला बेलामा सरकार र राजनीतिकदलहरुलाई मुलुकको आर्थिक विकासका लागि ढोका ढककाएको उल्लेख गरे ।
 
 स्याङ्जालाई औद्योगीक क्षेत्र बनाउन जहिले पनि नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको उल्लेख गर्दै वालिङ उद्योग वाणिज्य संघले पनि यो क्षेत्रको विकास, औद्योगीक विकासका लागि एजेण्डा बनाउन आग्रह गरे । वालिङको समग्र विकासका लागि संघका अध्यक्ष शोभाकान्त पौडेलले ल्याएको प्रतिवेदनले धेरै उत्थान गर्ने भन्दै सबै व्यवसायी एक जुट भएर यसको कार्यन्वयमा जुट्नु पर्ने बताए ।   
 
सो साधरणसभामा केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठ, क्षेत्रिय संयोजक सन्जिवबहादुर कोइराला, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्थीले राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना भन्दा पनि समालोचना गर्नुपर्ने औल्याएका थिए । वोल्ने बक्ताहरुले बोल्ने अनि हिड्ने कामको अन्त्य हुनुपर्ने विशिष्ट अथितिहरुको भनाई थियो ।
 
 वोल्ने बक्ताहरुले समिक्षाको उठान गरेपछि समाधानको उपायपनि सगै दिनुपर्ने उनीहरुको भनाई थियो । संघका बरिष्ठ उपाध्यक्ष अनन्तराज गैह्रेको स्वागत मन्तव्य सगै शुरु भएको साधरणसभाको अध्यक्षता संघका अध्यक्ष शोभाकान्त पौडेल, संचालन महासचिव गिरमान गुरुङ र धन्यवाद उपाध्यक्ष युगमाया पंगेनीले गरेकी थिइन् ।
 
 वालिङ् उद्योग वाणिज्य संघको आर्थिक बर्ष २०७१/०७२ सम्मको १ करोड ३७ लाख ६४ हजार ३ सय २३ रुपैयाको आयाव्यय समेत सार्वजनिक गरेको छ । अनुमानित बजेट २ करोड ४४ लाख ४५ हजार ८ सय पेश गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रमको तय भएपनि मौसम अनुकुलका कारण आउन नपाएको संघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ