arrow

बाँकेमा कोरोनाबाट निको हुने ९३.५५ प्रतिशत

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ असार २६ शुक्रबार
corona-nepal-discharge.jpg

नेपालगञ्ज । बैशाख १९ गते पहिलो कोभिड १९ को केस भेटिएको बाँकेमा त्यसयता जेठको मध्यसम्म संक्रमणदर निकै उच्च गतिमा थियो । जेठको अन्त्यतिरबाट विस्तारै ओरोलो लागेको संक्रमणदर अहिले निकै न्यून छ । 

संक्रमणदर घट्दै गइरहेको र निको हुने दर बढिरहँदा बाँकेमा हालसम्म ९३.५५ प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् । 

३ सय ७२ जनामा संक्रमण पुष्टि हुँदा ३ सय ४८ जना निको भएर घर गइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

जेठको पहिलो सातादेखि संक्रमणदर उच्च भएर मध्यसम्म पुग्दा कोरोनाको हटस्पट बनेको नरैनापुर गाउँपालिकामा पछिल्ला समय संक्रमित भेटिएका छैनन् । 

डुडुवामा पनि पछिल्लो समय संक्रमित नभेटिएको श्रेष्ठले बताए । बाहिरबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि ह्वात्तै घटेकाले संक्रमणदर घटेको हो । 

अहिले बाँकका क्वारेन्टिनमा २ सय ४० जना मात्र छन् । कोभिड–१९ का कारण नरैनापुरका एक युवक र बैजनाथकी एक महिलाले भने ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ