arrow

सीमाबाट अवैध मालसामान नियन्त्रणमा

logo
रबिन्द्र यादव,  
प्रकाशित २०७७ असार २६ शुक्रबार
saman-baramad.jpg

नवलपरासी पश्चिम । जिल्लाको सिमावर्ती एरियाबाट करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरेको छ । बिहिवार बिहान ४ः१५ बजेको समयमा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारत तर्फ भन्सार छली अवैध रुपमा लाँदै गरेको ७ बोरा क्यानेडियन (मटर) जिल्लाको प्रतापपुर गाउपालिका वडा नं ५ स्थित भारतीय सिमा नजिकबाट ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । 

सोही दिन बिहान ५ बजेको समयमा प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपालतर्फ अवैध भन्सार छली  युपी ५६ एए २७२९ नं को भारतीय मोटरसाईकलमा ल्याउँदै गरेको २ गाठ (काँचो कपडा र लेडिज सुट) कपडाहरु प्रतापपुर गाउँपालिका वडा नं ५ जन्नाथपुरबाट बरामद गरेको छ । 

उक्त कपडा मोटरसाईकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी मोटरसाईकल र कपडा बेवारिसे छाडी मानिस भागेका थिए । 

वरामद भएको ७ बोरा केराउ, कपडा तथा मोटरसाईकलको मुल्य दुई लाख पैसठ्ठी हजार रहेको छ ।

उक्त सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको नवलपरासी पश्चिमका नेपाल प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी राजु लामाले जानकारी दिए । 

सिमा क्षेत्रमा तस्करी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ