arrow

परीक्षामा फेल भएपछि खुल्यो रोबिनको भाग्य, बने करोडौंका मालिक

logo
प्रकाशित २०७७ असार २६ शुक्रबार
Robin-Hutson11.jpg

काठमाडौं । रोबिन ह्युटसन ‘द पिग’ नामक होटलका सञ्चालक हुन् । उनले आफू यदि विद्यालयको परीक्षामा फेल नभएको भए अहिले यो स्थानमा हुन नसक्ने बताएका छन् । हालसालै उनले आफ्ना पुराना दिन याद गर्दै आफ्ना केही कुरा खोलेका छन् ।
 
परीक्षामा राम्रो गर्न नसकेपछि उनको माथिल्लो कक्षमा प्रवेश गर्ने बाटो बन्द भएको थियो । १६ वर्षको उमेरमा आफ्नो रुचि पनि केटीको पिछा गर्ने र घरेलु काममा सघाउने रहेको उनी बताउँछन् ।

त्यसैले उनकी आमाले उनसलाई होटल र क्याटरिङ सेन्टरमा कोर्स गर्ने सुझाव दिएकी थिइन् । यसले रोबिनको जीन्दगी नै परिवर्तन गरिदियो । उनले सन् १९९४ मा ‘होटल डु विन’बाट आफ्नो करियरको शुरुवात गरेका थिए । त्यसको १० वर्षपछि उनका सहकर्मीले यो होटल ६ करोड ६० लाख पाउण्डमा बिक्री गरेका थिए ।

सन् २०११ मा रोबिनले ‘द पिग’ नामको होटलको शुरुवात गरेका थिए । दक्षिणी इंगल्याण्डमा विभिन्न छ स्थानमा उनको यो होटल छ । यो कम्पनीको समग्र कमाइ २ करोड पाउण्ड भन्दा पनि बढी छ । उनलाई बेलायतको होटल करियरमा सबैभन्दा प्रभावशाली होटल कारोबारीको रुपमा हेरिएको छ । उनको संघर्षलाई यसकारण पनि विशेष मानिन्छ कि उनले फाइभ स्टर होटलमा वेटरको रुपमा आफ्नो कामको शुरुवात गरेकी थिइन् ।

२३ वर्षमा रोबिन लण्डन फर्किँदा उनी ‘बर्कले’ होटलका सबैभन्दा युवा रिसेप्शन म्यानेजर थिए । उनले बर्मुडामा पनि २ वर्ष बिताएका थिए । उनलाई जनरल म्यानेजरको भूमिका मिल्दा उनी केवल २८ वर्षका थिए । आठ वर्ष उक्त जिम्मेवारीका साथ काम गरेका रोबिन र गेरार्डले पाँच लाख पाउण्ड साथीहरुसँग उठाएर र बैंकबाट साढे सात लाख पाउण्ड ऋण लिएका थिए ।

रोबिन निकै मिहिनेती व्यक्ति थिए । उनी काममा यति व्यस्त हुन्थे कि उनलाई आफ्नो सुत्ने ठेगान पनि हुँदैनथ्यो । उनी सोफामा नै निदाउँथे । सन् २०११ मा ‘द पिग’  होटल चेनको पहिलो होटल स्थापना भएको थियो । उनले न्युयोर्कको एक रेष्टुरेन्टबाट प्रभावित भएर यो होटल स्थापना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ