arrow

तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार २६ शुक्रबार
pradesh-25.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरो बाट प्रदेशमा हुन सक्ने जोखिम न्युनिकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन्। 

शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनिकरणका लागी तयारी अवस्थामा बस्न निर्देशन दिए।

जोखिम न्युनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तैयारी बारे जानकारी लिदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिए।

मुख्यमन्त्री राउतले जोखिम न्युनिकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएका छन्।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका पमेयर लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेका  थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ