arrow

सर्लाहीमा सेनाका ६ जना सुरक्षाकर्मीलाई देखियो कोरोना

logo
प्रकाशित २०७७ असार २६ शुक्रबार
nepal-army-new.jpg.jpeg

सर्लाही । सर्लाहीमा शुक्रबार ६ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेज आईसोलेसनको सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीहरु मध्ये ६ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । शुक्रबार थपिएका ६ जना संक्रमित समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सर्लाहीका ८ जनामा पोजेटिभ देखिएको बताईएपनि प्रजिअ जिसीले भने ६ जना नेपाली सेनाका सुरक्षाकर्मीमा मात्र पोजेटिभ देखिएको बताएका हुन् ।

“मलंगवाको आईसोलेसन सुरक्षार्थ खटिँदै आएका सेनाका सुरक्षाकर्मीहरुको स्वाब परिक्षणका लागि पठाईएको थियो”, प्रजिअ जिसीले भने, “जसमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ