arrow

लेस्टरका भार्डी प्रिमियर लिग बर्ष खेलाडी घोषित

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
leicester1.jpg.jpeg
काठमाडौं। लेस्टर सिटीका स्ट्राईकर जेमी भार्डी प्रिमियर लिग बर्ष खेलाडी घोषित भएका छन्। लेस्टरले योपाली (सन् २०१५-१६) को प्रिमियर लिग उपाधि जितेको छ। २ खेल बाँकी हुँदै उपाधि जितेको लेस्टरलाई उपाधि दिलाउन भार्डीको महत्वपुर्ण योगदान रहेको छ। 
 
लेस्टरलाइ उपाधि दिालउने क्रममा भार्डीले २४ गोल गरेका छन्। यसअघि फुटबल लेखक सँघले भार्डीलाई बर्षको फुटबल खेलाडी घोषित गरिसकेको छ। उनले यो सिजन ११ लगातार खेलमा गोल गरेर रुड भान निस्टलरोयको रेकर्ड तोडेका छन्। 
 
३१ अगस्त २०१४मा प्रिमियर लिगको पहिलो खेल खेलेका भार्डीले त्यही बर्ष म्यानचेस्टर युनाईटेड बिरुद्ध आफ्नो पहिलो गोल गरेका थिए। उनले ७ जुन २०१५मा ईङल्याण्डकालागि पहिलो खेल खेलेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ