arrow

जब तेल र सिन्दुर लगाएर हिँडे हनुमान

logo
प्रकाशित २०७७ असार २६ शुक्रबार
hanumanji.jpg

काठमाडौं । एक समय हनुमान माता सीताको श्रृंगार कक्षमा पुग्नुभयो । सो समय माता सीता आफ्नो शिरमा तेल र सिउँदोमा सिन्दुर लगाइ रहनुभएको थियो ।

हनुमानले सोध्नुभयो, 'माताजी यस प्रकार तेल लगाउने र सिउँदो भर्नुको के प्रयोजन हो ?'
माता जानकीले हास्दै भन्नुभयो,' तिम्रो  श्रीराम भगवानलाई यी चिज बढो प्रिय छन् ।'

हनुमानको मन मनै भन्न थाल्नुभयो, 'यदि मेरो स्वामीलाई यो तेल र सिन्दुर प्रिय भए म पनि अवश्य लगाउछु ।'
हनुमानले आफ्नो शरिरको सबै भागमा सिन्दुर र तेल लगाउनुभयो । उहाँको त्यो स्वरुप देखेर सबै हास्न थाले । यो रुप देखेर श्री श्रीराम चन्द्र निकै खुशी हुनेछन् भन्दै हनुमान पनि प्रसन्न हुनुभयो ।

त्यस रुपमा हनुमानलाई देखेर भगवान श्रीरामले भन्नुभयो, 'हनुमान यो तपाईले के भेष बनाउनुभएको ? तपाईलाई कसले भन्यो शरिरमा तेल र सिन्दुर लाउनलाई ?'

हनुमानले भन्नुभयो, 'प्रभु ! कुरा यस्तो छ कि जब म माता सीताको श्रृंगार कक्षमा पुगे त्यहाँ माता सिता आफ्नो सिउँदोमा सिन्दुर र तेल लगाइरहनुभएको थियो । मेले सोधे - 'माता यसलाई लगाउनको प्रयोजन के हो ?' उहाँले भन्नुभयो- 'तिम्रो श्रीराम जीलाई यो चीज बडो प्रिय छन् । यसैले उहाँलाई प्रसन्न गर्ने यी जीच लगाएको हुँ ।' प्रभु मेरो जीवनको लक्ष्य पनि तपाईलाई प्रसन्न गर्नु हो । त्यसैले मैले पनि यी चीजहरुको धारण गरे ।'

यो सुनेर भगवान भक्ति प्रति अति प्रसन्न हुनुभयो  र आशिर्वाद दिनुहुन्छ, 'हे हनुमान आजदेखि तिम्रो प्रभाव जुन छ त्यो अझ व्यापक हुनेछ र मानिसहरु तिम्रो पुजा तेल र सिन्दुरले गर्नेछन् ।  तबदेखि तेल र सिन्दुरबाट हनुमानको पुजा गर्ने प्रथा चल्यो । आज हरेक हनुमानको मन्दिरमा तेल र सिन्दुरले पुजा गरिन्छ ।

हनुमानले आफुमाथि तेल र सिन्दुर किन लगाउनुभयो ? यसको प्रसंग भने हामीले बुझ्न जरुरी छ । हनुमानले आफ्नो प्रभुलाई प्रसन्न गर्नका लागि तेल र सिन्दुर लगाउनु भएको हो । प्रभु प्रति उहाँको समर्पण भाव थियो । यहि हाम्रो पनि जीवनको लक्ष्य हुनुपर्छ । तब हाम्रो जीवन बद्लिनेछ । केवल नक्कल झकल गरेर मन्दिरमा घण्टा बजाएर, हनुमानको नाटक खेलेर प्रभु प्राप्त गर्न सकिनेछैन ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ